प्रदेश ७ का चार जिल्लामा काग्रेंस जीत बिहीन, वाम गठबन्धनको क्लिन स्वीप
कञ्चनपुर, २३ मंसिर । प्रदेश नम्बर ७ का चार जिल्लामा कांग्रेस निल भएको छ । पहिलो चरणमा मंसिर १० गते निर्वाचन सम्पन्न भएका ४ जिल्लामा कांग्रेसले खाता समेत खोल्न सकेन् । बैतडी, दार्चुला, बझाङ र बाजुरामा प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले कब्जा जमाएको हो ।
प्रदेश नम्वर ७ का चार जिल्लाका चार प्रतिनिधि र आठ प्रदेश सभाका सिटमा कांग्रेस निल भएको हो । वाम गठबन्धनले दार्चुला, बैतडी, बझाङ र बाजुराका सबै क्षेत्रमा विजय हासिल गरेको हो । सवैभन्दा पछि बैतडीमा प्रतिनिधि सभामा वाम गठबन्धनका दामोदर भण्डारीले जितेसँगै सबै सिटमा वाम गठवन्धनले कव्जा जमाउँदै नेपाली काग्रेंसको पत्ता साफ गरेको हो ।
१. बैतडीः
बैतडीमा प्रदेश सभामा वाम गठवन्धनका प्रेम प्रकाश भट्ट र लिलाधर भट्ट विजयी भए ।
२. दार्चुलाः
दार्चुलामा पनि प्रतिनिधि सभामा गणेश सिह ठगुन्ना तथा प्रदेशमा गेल्वुसिह बोहरा र मानवहादुर धामीले विजयी भएका छन् ।
३. बाजुराः
बाजुराका तीनै क्षेत्रमा पनि बाम गठबन्धनका उमेदवार विजयी भएका छन् । प्रतिनिधि सभामा बाम गठबन्धनका लालबहादुर थापा, प्रदेश सभामा बाम गठबन्धनका उमेदवारहरु बलदेब रेग्मी र प्रकाश शाह विजयी भएका हुन् ।
४. बझाङः
बझाङमा प्रतिनिधि सभामा नेकपा एमालेका भैरब बहादुर सिंह, प्रदेश सभामा नेकपा एमालेका अर्जुन थापा र माओवादी केन्द्रकी देवकी मल्ल थापा विजयी भए । चारै जिल्लामा नेपाली काग्रेंस जित विहीन भएको छ । यसले केही पहाडी जिल्लामा बलियो मानिने काग्रेंसको आधार ईलाका पनि तोडिएको छ । वाम गठवन्धनले सबै जिल्लामा कब्जा जमाएपछि खुशीयाली सहित विजय जुलुस निकालेका छन् ।
(बैतडीमा प्रतिनिधिसभा सदस्यमा विजयी नेकपा एमालेका दामोदर भण्डारी, प्रदेशसभा (क) का माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र प्रदेशसभा ख का नेकपा एमालेका लिलाधर भट्ट । तस्बिर: विनोदसिंह विष्ट, बैतडी, रासस)
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











