समानुपातिक मतगणना: कांग्रेसलाई उछिन्दै एमालेले पहिलो, माओवादी तेस्रो
काठमाडौं, २४ मंसिर । समानुपातिकतर्फको मतगणना चलिरहँदा नेकपा एमाले पहिलो स्थानमा उक्लिएको छ । सुरुवाति चरणमा नेपाली कांग्रेसले अग्रता लिईरहेपनि आईतबार बिहानसम्मको मतगणना अनुसार नेकपा एमाले पहिलो स्थानमा उक्लिएको हो । नेपाली कांग्रेस भने दोस्रो स्थानमा झरेको छ ।
पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । करिब आधा दर्जन निर्वाचन क्षेत्रमा भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमालेले सबैभन्दा बढी मत पाएर पहिलो स्थान लिइरहेको छ भने कांग्रेसले एमालेलाई पछ्याइरहेको छ ।
प्रत्यक्षतर्फ कांग्रेसभन्दा अगाडि रहेको माओवादी समानुपातिकमा भने तेस्रो स्थानमा देखिएको छ । राजपा र फोरमले तराईका जिल्लामा खासै राम्रो मत नल्याएपनि पहाडमा राजपाले राम्रो मत ल्याएको छ । कांग्रेस, एमाले र माओवादी बाहेक समानुपातिकमा चौथो स्थानको मत नयाँशक्ति पार्टीले ल्याएको छ । नयाँशक्तिले भन्दा विवेकशीलले न्यून मत पाइरहेको निर्वाचन आयोग जनाएको छ ।
आइतबार बिहानसम्म समानुपातिकतर्फ खसेको मत:
१. नेकपा एमाले- ७३२९३
२. नेपाली कांग्रेस- ६९८४९
३. माओवादी केन्द्र -३०२६२
४. नयाँ शक्ति – ५२४१
५. राजपा-३४८५
६. राप्रपा- २४००
७. विवेकशील साझा- ८३७
८. राप्रपा प्रजातान्त्रिक -६०४
९. संघीय फोरम -४५८
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












