प्रतिनिधिसभाका ९३ र प्रदेशसभाका १६२ क्षेत्रको मतगणना सम्पन्न, वाम गठबन्धन हावी
काठमाडौं, २४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन अग्रस्थानमा रहेको छ । १६५ क्षेत्र रहेको प्रतिनिधिसभा तर्फ अहिलेसम्म ९३ सीटको अन्तिम नतिजा आईसकेको छ । अहिलेसम्मको नतिजा अनुसार नेकपा एमालेले ५३ सीटमा विजय हासिल गर्दै पहिलो स्थानमा रहेको छ ।
त्यस्तै माओवादी केन्द्रले २१ सीटमा जित हासिल गर्दै दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसले भने ११ सीटमा जित हासिल गर्दै तेस्रो स्थानमा छ । त्यस्तै संघीय समाजवादी फोरम ३, राष्ट्रिय जनता पार्टी २, नयाँ शक्ति र स्वतन्त्र ११ सीटमा विजयी भएका छन् ।
३३० सीट रहेको प्रदेशसभा तर्फ १६२ क्षेत्रको नतिजा आएको छ । प्रदेशसभातर्फ पनि नेकपा एमाले सबैभन्दा धेरै सीट जितेर पहिलो स्थानमा छ । एमाले ८४ सीटमा विजयी भएको छ । त्यस्तै माओवादी केन्द्र ४४, संघीय समाजवादी फोरम ६, राजपा, स्वतन्त्र, नयाँ शक्ति र जनामोर्चाले २२ सीटमा विजय हासिल गरेका छन् । ७७ जिल्लामध्ये प्रतिनिधिसभा तथा प्रदेशसभा अन्र्तगत प्रत्यक्षतर्फको १६ जिल्लामा मतगणना सकिएको छ ।
रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, बाजुरा, बझाङ जिल्लाको समानुपातिकतर्फको मतगणना कार्य पनि समाप्त भएको छ भने बाँकी आठ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य जारी रहेको छ । समानुपातिकतर्फको मतगणना कार्य जारी रहेका जिल्लामा सोलुखुम्बु, ओखलढुंगा, धनुषा, जुम्ला, हुम्ला, मुगु, वैतडी र दार्चुला छन्।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











