प्रदेश २ मा मधेशवादी दलको सरकार बन्ने पक्का, को होला मुख्यमन्त्री ?
काठमाडौं, २४ मंसिर । २ नम्बर प्रदेशमा मधेशवादी दलले प्रदेश सरकार बनाउने संकेत देखिएको छ । देशभर वाम गठबन्धनले अग्रता तथा विजयी भईरहेका बेला २ नम्बर प्रदेशमा भने मधेशवादी दल हाबी भईरहेका छन् । मधेशवादी दल र मधेशी जनताको बाहुल्यता रहेको २ नम्बर प्रदेशमा अब राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरमको संयुक्त सरकार बन्नेछ ।
अहिले सम्मको नतिजा अनुसार २ नम्बर प्रदेशमा मधेशवादी दलहरुले प्रदेश र प्रतिनिधिसभा दुवै तर्फ १४ सीटमा विजय हासिल गरेका छन् । संघीय समाजवादी फोरमले ६४ सीट रहेको प्रदेशसभा तर्फ ६ सीटमा विजय हासिल गरेको छ भने ४ स्थानमा अग्रता लिएको छ । त्यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २ सीटमा जित र ६ सीटमा अग्रता कायम राखेको छ ।
३२ सीट रहेको प्रतिनिधिसभा तर्फ संघीय समाजवादी फोरम र राजपाले समान ३/३ क्षेत्रमा विजयी र ८/८ क्षेत्रमा अग्रता कायम राखेका छन् । यस हिसावले हेर्दा २ नम्बर प्रदेशमा फोरम र राजपाको संयुक्त सरकार बन्नेछ । केन्द्रमा बाम गठबन्धनको नेतृत्वमा आगामी सरकार बन्ने देखिएपनि २ नम्बर प्रदेशमा भने मधेशवादी दलको सरकार बन्ने लगभग पक्का छ । त्यस्तै, प्रदेश २ बाहेक अन्य प्रदेशमा पनि प्रादेशिक सरकार बाम नेतृत्वमा गठन हुने लगभग पक्का छ । नेपाली कांग्रेसले कुनै पनि प्रदेशमा सरकारको नेतृत्व गर्न नपाउने देखिएको छ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











