भावी प्रधानमन्त्रीका दाबेदार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित
तनहुँ, २४ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका छन् । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेमा नेता पौडेल एमालेका किसानकुमार श्रेष्ठसँग पराजित भएका हुन् । श्रेष्ठले पौडेललाई ६ हजार ४ सय १४ मतान्तरले पराजित गरेका हुन् ।
श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याउँदा पौडेलले २७ हजार ६ सय ७५ मत मात्र ल्याए । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा पौडेलसँग करिब ४५ सय मतले पराजित भएका श्रेष्ठले यो पटक बदला लिएका छन् । ७४ बर्षीय पौडेलले आफुलाई भावी प्रधानमन्त्री र पार्टी प्रमुखको दावेदारका रुपमा प्रस्तुत गर्दै आएका थिए । तर, उनको हारसँगै प्रधानमन्त्रीको दाबेदारी अन्त्य भएको छ ।
कांग्रेसको पकड तनहुँ वामको कब्जामाः
२ वटा निर्वाचन क्षेत्र र ४ वटा प्रदेश क्षेत्र रहेको तनहुँमा कांग्रेस क्लिन स्वीप भएको छ । तनहुँको साविक निर्वाचन क्षेत्र नम्बर ३ बाहेक क्षेत्र १ र २ कांग्रेसले २०४८ सालदेखि लगातार जस्तो जित्दै आएको थियो । तर, यसपटक कांग्रेसले सवै गुमाएको छ ।
क्षेत्र नम्बर २ बाट एमालेका जिल्ला अध्यक्ष केदार सिग्देल विजयी भएका छन् । उनले पूर्वमन्त्री एवम् कांग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीलाई ३२ सयभन्दा बढि मतान्तरमा पराजित गरे । त्यस्तै क्षेत्र नम्बर २ को (क) बाट कांग्रेसका युवा नेता प्रदिप पौडेल माओवादी नेतृ आशा कोइरालासँग ५ मतको झिनो अन्तरले पराजित भए । यद्यपि उनले केही ठाउँको पुनः मतदान गर्न माग गर्दै निवेदन दिएका छन् ।
अर्का नेता धुव बाग्ले एमालेका किरण गुरुङसँग पराजित हुँदा बौद्धिक नेताको छवि बनाएका नेता गोविन्द भट्टराई तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र (क) मा एमाले नेता रामबहादुर गुरूङसँग १३ सय ८७ मतले पराजित भए । तनहुँको क्षेत्र नः १ को प्रदेश क्षेत्र (ख) मा माओवादी केन्द्रका हरिबहादुर चुमानले जित्दा कांग्रेस तनहुँका पूर्व पार्टी सभापति रघुनाथ पौडेल पराजित बने ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











