रुपन्देही–४ मा काँग्रेस विजयी
बुटवल, २४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत रुपन्देही क्षेत्र नं ४ को अन्तिम परिणाम आज सार्वजनिक भएको छ । अन्तिम परिणामअनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा संयुक्त लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ ।
सो क्षेत्रमा ६७ हजार ८३५ मत खसेकामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रमोद यादवले ३१ हजार ७१८ र उहाँका प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लले २० हजार ४१६ मत पाउनुभएको छ । सो निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा क मा काँग्रेसका अष्टभुजा पाठक नौ हजार ६४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका अजरत अलीले चार हजार ६३६ मत पाउनुभएको छ ।
यस्तै प्रदेशसभा ‘ख’ मा काँग्रेसका बसीउद्दिन खाँ १२ हजार ११३ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राजपाकै श्रीनिवास यादवले तीन हजार १२० मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ का प्रदेशसभाका दुवै क्षेत्रको मतगणना परिणाम सम्पन्न भए पनि प्रतिनिधिसभाको गणना भने जारी छ । पछिल्लो परिणामअनुसार क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा एमाले स्थायी कमिटी सदस्य पूर्वमन्त्री छविलाल विश्वकर्मा अगाडि हुनुहुन्छ । रासस
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











