टिप्पणी : चुनावपछि बाबुराम हर्षित
मुलुकमा प्रतिनिधिसभा र प्रदेशसभा निवार्चनको मतपरिणाम आउनेक्रम जारी नै छ । प्रत्यक्षतर्फको गणना अन्तिममा पुगेको छ भने समानुपातिकतर्फको गणना सुरु भएको छ । अहिलेसम्म वामगठबन्धले धेरै ठाउँमा जित हाँसिल गरेको देखिन्छ । त्यसमा पनि नेकपा एमालेले धेरै ठाउँ जितेको देखियो । माआवादी केन्द्र दोस्रो स्थानमा रहेको छ । अहिलेसम्मको वाम गठबन्धको संयुक्त नतिजा हेर्दा उक्त गठबन्धनले दुईतिहाई नल्याउला भन्न सकिन्न । लोकतान्त्रि गठबन्धनले प्रायः ठाउँमा पराजय व्यहोरेको छ । नेपाली काँग्रेसको अवस्था नाजुक छ । धेरै काँग्रेसीहरू अतालिएका छन् । दुःखित् बनेका छन् । नियाउरोमुख लगाएका छन् । पार्टी नेतृत्वलाई गालीगलोच गरेको पनि सुनिन्छ । वैकल्पिक शक्ति धनेर उदाएका पार्टीको अवस्थामा पनि खासै प्रभावकारी देखिएको छैन् । विवेकशील साझा पार्टीलेभन्दा नयाँ शक्ति पार्टी, नेपालको अवस्था भने निकै राम्रो देखियो । समानुपातिकतर्फ पनि राम्रै नतिजा आएर राष्ट्रिय पार्टी बन्ला भन्ने आश उक्त पार्टीका कार्यकता, शुभेच्छुक र समर्थकहरूमा छ । निर्वाचन अघिदेखि नै निकै चासोपूर्वक हेरिएको गोरखा क्षेत्र नं. २ डा.बाबुराम भट्टराई विजयी भए । उनका विरुद्ध लागेका कथित वुद्धिजीवी लगायत अन्य अहिले ङिच्च परेका होलान् । बाबुराम लोकतान्त्रि गठबन्धनबाट साझा उम्मेदवार बनेका थिए । उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनलाई करिब ७ हजार मतान्तरले पराजित गरे । अहिले गोरखा लगायत विभिन्न सञ्चारमाध्यममा बाबुरामकै व्यापक चर्चा छ । पार्टीको हैसियतले बोल्नेहरूले आफ्नो पक्षलाई राम्रो मान्ने प्रवृत्ति स्वभाविकै हो तर जस–जसले पार्टीभन्दा माथि उठेर एउटा असल, जनसेवक र राष्ट्रप्रेमी अनुहारलाई हृदयबाट सहयोग गरे उनीहरूको मन पनि विशाल रहेछ । एकचोटी आफ्नो खुट्टा आफैले टेक्न सक्दिन कि भन्ने लागेर अन्य पार्टीसँग हातेमालो गर्न पुगेका बाबुरामले आफूलाई फसाउने चाल थाहा पाएपछि आफ्नो ‘आँखा’ सहितको चुनावी चिन्ह लिएर मैदानमा उत्रिए । वामगठवन्धनको धागो चुडाउन बाबुरामलाई कुनै फोस्रा र अपत्यारिलो भविष्यवाणी गर्न पनि परेनन् किनकी उनको अगाडिकै कामले गोरखाबासीले विश्वास गरेको देखियो । र, अन्तमा गोरखाका शान र इज्जत बाबुरामलाई विजयी गराए । नयाँ शक्तिले नयाँ बाटो पहिल्याएको छ । अबका दिनहरूमा पनि जनताका मर्म र देशको रक्षाको निम्ती सदैब नयाँ मोड लिएर अगाडि बन्नुपर्छ । पहिलेजस्तो संसद्रमा बाबुरामको प्रभावकारी भूमिका नहुन सक्छ । फरक पार्टी, फरक सोच भएको छ । यसका साथसाथै विभिन्न चुनौतीहरू खडा भएका छन् । चुनौती चिर्दै आफूले निर्वाचन क्षेत्रमा गरेका प्रतिबद्धता पूरा गर्न बाबुरामले सक्नुपर्छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












