दुई श्रीमती साक्षी राखेर आरजुलाई हराउने नारदमुनिले यस्तो भने…
धनगढी, २४ मंसिर । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले नेता नारदमुनि रानाले चुनावी प्रतिबद्धता पुरा गर्ने बताएका छन् । बाम गठवन्धनका तर्फबाट विजयी रानाले दुईवटै श्रीमतीलाई राखेर चुनावको बेला गरेका बाचा पूरा गर्ने प्रतिबद्धता दोहोराएका हुन् । संविधान कार्यान्वयन र मुलुकको विकासमा प्रतिवद्ध भएर लाग्ने उनले बताए ।
श्रीमानले चुनाव जितेको बधाइ दिन नारदमुनी रानाका श्रीमतीहरु मतदान अधिकृतको कार्यालय पुगेका थिए । दुईवटा श्रीमती भएकाले कसले पहिले टीका र माला लगाउने भन्ने समस्यासमेत भएको थियो । जेठी श्रीमतीले पहिले माला लगाइदिएकी थिइन् ।
रानाले प्रधानमन्त्री पत्नी आरजु राणालाई पराजित गरेका हुन् । रानाले २७ हजार २ सय २ मत प्राप्त गरे भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी छन् । आरजु ४८ सय ८० मत अन्तरले पराजित भएकी हुन् ।
कैलाली क्षेत्र नम्बर ५ यसपालि सबैको चासोको क्षेत्र बनेको थियो । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणा देउवा उम्मेदवार बनेपछि सबैको चासोको क्षेत्र बनेको थियो ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











