प्रतिनिधिसभाका २० क्षेत्रको मतपरिणाम आउन बाँकी, वामको दुई तिहाई पुग्ने निश्चित
काठमाडौं, २५ मंसिर । प्रतिनिधिसभा सदस्य तर्फ २० क्षेत्रको मतपरिणाम आउन बाँकी रहेको छ । १६५ सिट रहेको प्रतिनिधिसभा सदस्यमा अब २० क्षेत्रको मात्र परिणाम आउन बाँकी रहेको हो । सोमबार विहानसम्म १४४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भईसकेको छ । अहिलेसम्मको नजिता हेर्दा एमाले माओवादीको वाम गठबन्धनलाई प्रत्यक्षतर्फ दुई तिहाई पुग्ने निश्चित देखिएको छ । मतगणना जारी रहेका २० मध्ये ११ स्थानमा वाम गठबन्धनको अग्रता रहेकाले दुई तिहाई निश्चित भएको हो ।
पछिल्लो परिणाम अनुसार नेकपा एमाले एक्लैले हालसम्म ७५ सिट जितेको छ । यसमा सूर्य चिन्ह लिएर चुनाव जितेका हृदेश त्रिपाठी र बृजेश कुमार गुप्ताको स्वतन्त्र मधेशी समूह पनि जोडिएको छ । प्रत्यक्षतर्फ दुई तिहाइ ल्याउन वामपन्थीले ११० सिट जित्नुपर्ने हुन्छ ।
एमालेले ६ ठाउँमा अग्रता लिइरहेको छ । अग्रता लिनेमा सुनसरी ३ मा भगवती चौधरी, संखुवासभामा राजेन्द्र गौतम रहेका छ । काभ्रेपलान्चोक २ मा गोकुल बास्कोटा विजयी भएका छन् । त्यस्तै, स्याङ्जा १ मा नारायण मरासिनी, स्यांजा २ मा पद्मा अर्याल, कैलाली २ मा झपट रावल र कञ्चनपुर ३ मा दिपकप्रकाश भट्टले अग्रता लिइरहेका छन् ।
प्रत्यक्षतर्फ दोस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । माओवादीले हालसम्म ३१ सिट जितेर ५ ठाउँमा अग्रता लिइरहेको छ । सर्लाही ३ मा रामेश्वर राय, चितवन ३ मा प्रचण्ड, अर्घाखाँचीमा टोपवहादुर रायमाझी, धनुषा १ मा मात्रिका यादव र सिरहा २ मा सुरेशचन्द्र दासले अग्रता लिइरहेका छन् ।
२०७० सालको निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तेस्रो स्थानमा झरेको छ । उसले अहिलेसम्म १८ सिटमा विजय हासिल गर्दा २ ठाउँमा अग्रता लिइरहेको छ । यी सबै ठाउँमा जित्दा पनि उसले २५ सिटभित्र सीमित हुनुपर्ने देखिन्छ । कांग्रेसका सिताराम मेहता सुनसरी २, प्रदिप गिरी सिरहा १ मा अग्रता लिईरहेको छ । नवलपरासी २ बाट देवेन्द्रराज कँडेल विजयी भईसकेका छन् ।
त्यस्तै, संघीय समाजवादी फोरम ७ सिट जितेर चौथो स्थानमा रहेको छ । फोरमले २ ठाउँमा अग्रता लिइरहेको छ । महोत्तरी ४ मा सुरेन्द्र यादव र पर्सा ३ मा हरिनारायण रौनियारले अग्रा लिइरहेका छन् । राजपा नेपाल ७ स्थान जितेर पाँचौ भइरहँदा ३ ठाउँमा अग्रता लिइरहेको छ । राजपाका रेशलाल चौधरीले कैलाली १ र राकेश मिश्रले सर्लाही ४ मा अग्रता लिइरहेका छन् ।
राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीले एक एक सिट जितेका छन् भने स्वतन्त्रबाट हुम्लामा माओवादीका पोलिटव्यूरो सदस्य छक्कवहादुर लामा बागी उम्मेदवारका रुपमा बिजयी भएका छन् । नेपाल मजदूर किसान पार्टीले भक्तपुर १ मा अग्रता लिइरहेको छ ।
अहिले सम्मको मतपरिणाम हेर्दा केन्द्रमा वाम गठबन्धनको बहुमत सरकार बन्ने निश्चित छ । त्यस्तै २ नम्बर प्रदेश बाहेकमा पनि वाम गठबन्धनकै प्रदेश सरकार निर्माण हुने निश्चित प्रायः छ । नेपाली कांग्रेसले कुनै पनि प्रदेशमा सरकार गठन गर्न सक्ने छैन् । २ नम्बर प्रदेशमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश सरकार बनाउने निश्चित छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












