साउदी अरब परिवर्तन भएर आएमा ‘सुमधुर सम्बन्ध’ बन्न सक्ने : इरान
इरान, २५ मङ्सिर । इरानका राष्ट्रपति हसन रौहानीले यदि साउदी अरबले यमनमाथिको आक्रमणलाई रोकेर इजरायलसँगको सम्बन्धमा पनि सच्चिएर आएमा इरानले रियादसँगको सम्बन्धलाई पुनः स्थापित गर्ने बताउनुभएको छ ।आइतबार प्रशारण गरिएको सम्बोधनमा रौहानीले भन्नुभयो, “इजरायलसँगको ‘गलत मनसायबाट निर्देशित मित्रता‘लाई त्यागेमा क्षेत्रीय प्रतिद्वन्दीहरू साउदी अरबसँग ‘सुमधुर सम्बन्ध’ कायम गर्नसक्ने विश्वास गर्नुभयो ।”
उहाँले साउदीले यसका लागि यमनमा गर्दै आएको अमानवीय गोलाबारीलाई रोक्नु पर्ने साथै यमनी हुठी समुहलाई सघाउन छोड्नुपर्ने बताउनुभयो । इरान र साउदी अरबबीचको कुटनीतिक सम्बन्ध प्रसिद्ध सिया धर्मगुरुलाई फाँसी दिएपछि बदलामा सन् २०१६ को जनवरीमा इरानी प्रदर्शनकारीले साउदी कुटनीतिक नियोगमाथि हमला गरेपछि ती मुलुकबीचको सम्बन्धमा समस्या देखिँदै आएको छ । रासस
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












