जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिए : ‘प्रचण्ड’
चितवन, २५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताउनुभएको छ । आज बिहान यहाँ पत्रकारसँग कुराकानी गर्दै दाहालले जनताले अब समृद्धि र विकास चाहेकाले अहिलेको चुनौती र अभिभारा पूरा गर्न वाम गठबन्धनको सरकारले पाँच वर्षमा धेरै काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले अब देश समृद्धितर्फ अघि बढेको बताउनुभयो । वाम सरकारले पाँच वर्षमा राम्रा काम गर्न सके ५० वर्ष देशमा वामपन्थीले शासन चलाउने अध्यक्ष दाहालको भनाइ थियो । उहाँले देशको भौतिक विकास र जनताको जीवनस्तर विकास अहिलेको मुख्य काम रहेको बताउनुभयो । सरकार गठन अघिनै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको पहल हुने दाहालले बताउनुभयो । आफू काठमाडौँफर्किएलगत्तै पार्टी एकता समन्वय समितिको बैठक राखी यसलाई टुङग्याउने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– “पार्टी एकताका विषयमा कुनै आशंका नराख्नुस्, यो आशंका इतिहास बन्छ ।” अब देशको भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा छलफलबाट टुंगो लाग्ने उहाँको भनाइ थियो । ठूलो पार्टीको हिसाबले केपी ओलीको दाबी हुनु स्वभाविक रहेको बताउँदै पार्टीका शीर्ष नेता हार्नुका कारण खोजिने र मिलाएर लैजाने उहाँले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












