नवराज सिलवाल: प्रहरी निरीक्षकदेखि एमाले हुँदै सांसदसम्म
ललितपुर, २५ मंसिर । निर्वाचनभन्दा एक महिनाअघि राजनीतिमा होमिएका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल प्रतिनिधिसभामा ललितपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएपछि थप चर्चामा आउनुभएको छ । आफू प्रहरी महानिरीक्षकमा बढुवा नभएपछि सरकारको विरोधमा सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुग्नुभएका सिलवालले अदालतबाट न्याय नपाए पनि जनताबाट न्याय पाएको महसुस गर्नुभएको छ ।
सिलवालको मुद्दामा सकारात्मक देखिएको भन्ने आधारमा सत्ता पक्षले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग प्रस्ताव संसद दर्ता गराएपछि सिलवाल ‘सेलिब्रेटी’ बन्नुभएको थियो । प्रहरीमा रहँदा पनि बफादारिताका साथ काम गर्ने छवि बनाएका सिलवाल निर्वाचन पूर्व गत असोज २० मा नेकपा एमाले प्रवेश गरी क्षेत्र नं १ को उम्मेदवार बन्नुभएको थियो । वर्तमान अर्थराज्यमन्त्री उदयशमशेर राणालाई छ हजार २२२ मतान्तरले पराजित गरेपछि सिलवालको प्रत्यक्ष राजनीतिक यात्रा सहज देखिएको छ ।
सिलवालले २६ हजार ९५१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राणाले २० हजार ७२९ मत ल्याउनुभयो । यस क्षेत्रमा ५१ हजार २४९ मत खसेको थियो । दोस्रो संविधानसभा निर्वाचन २०७० राणाले एमालेका पूर्व जिल्ला अध्यक्ष मधुसूदन पौडेललाई पराजित गर्नुभएको थियो ।
साढे दुई महिना पहिलेसम्म सिलवाल नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक डिआइजी हुनुहुन्थ्यो । अहिले उहाँको नयाँ परिचयसँगै दैनिकी नै एकाएक परिवर्तन भएको छ । एमाले र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवारका रुपमा उहाँ एक महिनादेखि मत माग्न जनताका घरआँगनमा पुग्नुभयो भने अहिले बधाई दिन र मतदातालाई धन्यवाद दिन व्यस्त हुनुहुन्छ ।
चुनावी प्रचारका क्रममा उहाँ जनताका घरआँगन र खेतबारीमा पुग्नुभयो । मंसिर महिना भएकाले बाली भित्र्याउन व्यस्त किसानको खेतबारीमा नै पुगेर उहाँले आफ्नो योजना सुनाउनुभएको थियो । एमालेबाट उम्मेदवार हुनु मतदाताका लागि नौलो भए पनि पूर्व प्रहरीका रुपमा उहाँलाई धेरैले चिन्दथे । राष्ट्रियरुपमा चर्चित व्यक्ति भएकाले उहाँलाई निर्वाचन जित्न सहज भएको निर्वाचन पहिले धेरैले अनुमान गरेका थिए । उहाँका उम्मेदवारी पार्टीको स्थायी कमिटीले लगाउँदा क्षेत्रीय कमिटीले स्वागत गर्नु उहाँका लागि जित्न सहज भइदियो ।
नवनिर्वाचित सांसद सिलवाल ५४ वर्ष पहिले जिल्लाको गोदावारीमा जन्मनुभएको हो । उहाँले प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरी २९ वर्षसम्म कार्यरत रहनुभयो । सिलवालले प्रहरी सेवाबाट गत भदौ २७ मा राजीनामा दिनुभएको थियो । उहाँ २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा शुरु गर्नुभएको थियो ।
असोज २२ गते उहाँको राजीनामा स्वीकृत भएको थियो । त्यसको दुई दिन पहिले नै उहाँलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउनुभएको थियो । सिलवाल जितेमा भावी गृहमन्त्री हुन सक्ने आँकलन गरिएकाले पनि उहाँको विजय निश्चित भएको मानिएको छ । सिलवाल नेपाली साहित्यमा नव सिलवालका रुपमा परिचित हुनुहुन्छ । कथा, कविता, निबन्धलगायतका विधामा उहाँले कलम चलाउँदै आउनुभएको छ ।
विकासका दृष्टिले पछाडि पारिएको आफ्नो क्षेत्रको पूर्वाधारहरुको विकासमा लाग्ने उहाँले बताउँदै आउनुभएको छ । राजधानीसँगैको जिल्ला भएर पनि सडक, खानेपानी, सञ्चारको विकास यस क्षेत्रमा हुन सकेको छैन । आगामी पाँच वर्षमा पूर्वाधारको विकास, कृषिमा प्रविधि जोड्ने, शिक्षा र स्वास्थ्य सेवामा जनताको पहुँच बढाउने उहाँको प्राथमिकता छन् ।
गाउँमा नै रोजगारीको सिर्जना गरेर वैदेशिक रोजगारीमा जानेलाई रोक्ने र गएकालाई फर्काउनु उहाँको चुनावी एजेण्डा रहेका छन् । आफ्ना प्रतिबद्धता पूरा गर्ने र निर्वाचनका प्रतिस्पर्धीसँग मिलेर जाने उहाँले निर्वाचित भएपछि बताउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, “हामी मिलेर अघि बढ्दा मात्रै यस क्षेत्रमा विकासको लहर ल्याउन सकिन्छ ।” रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











