आयु समाप्त हुनैलाग्दा कामचलाउ सरकारद्वारा धमाधम कार्यकर्तालाई राजनीतिक नियुक्ति
काठमाडौं, २५ मंसिर । बिदा हुनैलाग्दा कामचलाउ सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको छ ।मन्त्रिपरिषदको सोमवार बसेको बैठकले सन्चार मन्त्री मोहनवहादुर बस्नेतको ठाडो प्रस्तावमा नयाँ नियुक्ति गरेको हो ।
बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ । पौडेल गोपाीकृष्ण भूमिजकी सन्चालक हुन् । उनका पिता उद्धब पौडेल राप्रपाका नेता समेत हुन् । त्यस्तै गोरखापत्र संस्थानको महाप्रबन्धकमा कांग्रेस कार्यकर्ता बसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरिएको छ । उपाध्याय गोरखापत्र संस्थानकै कर्मचारी पनि हुन् ।
बस्नेतले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पनि कामिनी राजभण्डारीलाई हटाएर अनिल झालाई नियुक्ति गर्न प्रस्ताव लगेका थिए । तर सो प्रस्ताव भने सोमवारको बैठकमा निर्णय भएको छैन ।
त्यस्तै दुई सहायक रथी र एक प्राविधिक उपरथीको पदावधि पनि थप गरेको छ । सन्चार मन्त्री बस्नेतले भने, ‘क्याबिनेटको बैठकमा आज खासै निर्णय भएन, यिनै सामान्य पदावधि थप्ने निर्णय भयो,’ उनले थपे, ‘मन्त्रालयका विदेश भ्रमणका प्रस्तावहरुलाई अनुमोदन गरिएको छ।’
आर्थिक चलखेलमा बिकास बोर्डको अध्यक्ष नियुक्त गरिएको स्रोतको भनाई छ । नयाँ सरकार गठनको लागि जनताले म्याण्डेट दिइसकेको अवस्थामा भएका नियुक्ति आउने सरकारले बदर गर्ने एमाले नेता सुवास नेम्वाङले बताए । नेम्वाङले भने, यदि सरकारले नयाँ नियुक्ति गरेको हो भने त्यो भन्दा लज्जास्पद केही हुदैन । यस्ता निर्णय आउने सरकारले मान्नुपर्छ भन्ने छैन ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












