संखुवासभाबाट एमाले नेता राजेन्द्र गौतम विजयी, दिपक खड्का १०४३ मतले पराजित
संखुवासभा, २५ मंसिर । संखुवासभा जिल्लामा प्रतिनिधि सभा तर्फ बाम उम्मेदवार राजेन्द्र गौतम विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार दिपक खड्कालाई १ हजार ४३ मतअन्तरले पराजित गर्दै केन्द्रीय सांसदमा निर्वाचित भएका हुन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेमा नेकपा एमाले नेता गौतम पहिलो पटक केन्द्रीय सांसदमा निर्वाचित भएका हुन् ।
यसअघि विभिन्न कारण देखाउँदै मतगणना ६ घण्टासम्म स्थगित गरिएको थियो । कांग्रेस उम्मेदवार खड्काले वदर मतलाई पुनः गणना गर्नुपर्ने माग राखेपछि विवाद भएको थियो । मतपत्रमा लगाइएको मतसंकेत मधुरो भएपछि बदर मतको संख्या बढ्दै गएपछि दलहरुबीच विवाद सुरु भएको थियो ।
मतगणनाका क्रममा सदर मत बदर र बदर मत सदर गर्दे गएपछि पछिल्लो पटक बिवाद भएको थियो । सर्वपक्षिय छलफलपछि स्थगित गरिएको मतगणना ६ घण्टापछि सुरु भएको थियो । ६९ हजार २ सय ४६ मतदाता रहेको संखुवासभामा ६० हजार ६ सय २० मत खसेको थियो ।
http://news-nepal.com/703262/
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












