फोहोर व्यवस्थापन गर्न जग्गा अभाव
म्याग्दी, २६ मंसिर । सदरमुकाम बेनी बजारको फोहोर व्यवस्थापन गर्ने ‘ल्यान्डफिल साइट’ निर्माण गर्ने वषौंदेखिको प्रयास सफल भएको छैन् । जग्गाको पहिचान गर्ने कार्यले सार्थकता नपाउँदा कालीगण्डकी नदीमा फोहोर फाल्ने काम भइरहेको छ । करिब एक हजार घरधुरीको बसोवास रहेको बेनी बजारको फोहोर बेनी गलेश्वर सडकको रातो पहिरोस्थित कालीगण्डकी नदी किनारमा फालिँदै आएको छ ।
फोहोरका कारण कालीगण्डकी नदी प्रदूषित बन्नुका साथै वरपरका बस्तीका बासिन्दा र आवतजावत गर्ने यात्रु दुर्गन्धका कारण प्रभावित भएका जलेश्वरका ईन्द्र बरुवालले बताउनुभयो । बगरफाँट, जलेश्वर, कालीपुल र गलेश्वरका बासिन्दा नगरपालिकाले फालेको फोहोरको दुर्गन्धका कारण प्रभावित भएका छन् । केही दिनदेखि फोहोर फालिएको ठाउँमा आगो लगाइएपछि फैलिएको दूषित धुवाँ र दुर्गन्धका कारण वरपरका बासिन्दालाई सकस भएको बगरफाँटका हीरा बरुवालले बताउनुभयो ।
करिब १५ हजार नागरिकको बसोवास रहेको बेनीमा दैनिक तीन ट्याक्टरका दरले संकलन हुने फोहोर विसं २०६० देखि रातो पहिरोमा लगेर विसर्जन गरिँदै आएको छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले तीनजना कर्मचारी परिचालन गरेको छ । सोबापत प्रतिघर मासिक रु ५० देखि रु २०० शुल्क उठाउने गरिएको छ ।
बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले ल्यान्डफिल साइट निर्माणका लागि ठाउँको खोजी गरे पनि पाउन नसक्दा सो स्थानमा फोहोर फाल्नुपर्ने बाध्यता रहेको बताउनुभयो । “एक दशकदेखि जग्गा खोजी गरिरहेका छौँ” उहाँले भन्नुभयोे । ल्यान्डफिल साइट निर्माणका लागि गत वर्ष नगरपालिकाले विनियोजन गरेको रु ६० लाख ठाउँ अभावमा खर्च हुन सकेको छैन ।
बेनपा– १ मा पर्ने ठूलोरानी वन क्षेत्रमा ल्यान्डफिल साइट बनाउन प्रस्ताव गरिए पनि स्थानीय बासिन्दाले विरोध गरेपछि कार्यान्वयन हुन सकेको छैन । कुहिने फोहोर व्यवस्थापनका लागि दुई रोपनी क्षेत्रफल भएको ठाउँ खोजी भइरहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । अहिले फोहोर फालिँदै आएको ठाउँमा टहरा निर्माण गरी नकुहिने फोहोर संकलन गरी बेच्ने नगरपालिकाको योजना छ । टहरा बनाउन प्राविधिक सर्वेक्षण भइसकेको छ । कुहिने फोहोरलाई पनि मलको रुपमा बिक्री गर्ने नगरपालिकाको योजना छ । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












