नेपाली काँग्रेस जनादेशको सम्मान गर्ने पार्टी – नेता बालकृष्ण खाँण
काठमाडौँ, २६ मंसिर । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस जनादेशलाई सम्मान गर्दै लोकतन्त्रको संस्थागत विकासमा सशक्त प्रतिपक्ष भई रचनात्मक भूमिकामा रहने बताउनुभएको छ । काठमाडौँमा आज आयोजित छलफल कार्यक्रममा पत्रकारले काँग्रेसको लज्जास्पद हार भयो होइन भन्ने प्रश्नको जवाफ दिँदै उहाँले – उस्तैउस्तै विचार र सिद्धान्त मिल्ने दुई शक्ति एउटै समूह बनेपछि काँग्रेस पछि परेको भएपनि समानुपातिक निर्वाचनमा नेपाली काँग्रेसले प्राप्त गरेको मत हेर्दा काँग्रेस नहारेको स्पष्ट पार्नुभयो ।
उहाँले इतिहासमा मुलुकलाई अप्ठेरो पर्दा काँग्रेस हारेर पनि प्रजातन्त्र र लोकतन्त्रको विकासमा पु¥याएको योगदानलाई जनताले भुल्न नहुने बताउनुभयो । नेपाली काँग्रेस निर्वाचन परिचालन समितिका संयोजक नेता खाँणले पार्टी कार्यकर्तामा आधारित नभई सामूहिक नेतृत्वमा चलेको, अध्यक्षात्मक प्रणालीभन्दा बाहिर गएकोलगायतका कारण निर्वाचनमा पछि परेको जानकारी दिनुभयो । नेता खाँणले नेपाली काँग्रेसका सभापतिले नेतृत्व हस्तान्तरण गर्ने, संसदीय दलको नेता कस्लाई बनाउने र विशेष अधिवेशनको बैठक बोलाउने वा नबोलाउने भन्ने अधिकार पार्टी सभापतिमा रहेको जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












