भोजपुर मुक्तिको सम्झना गर्दै मनाइयो मुक्ति दिवस
काठमाडौँ, २६ मंसिर । रामप्रसाद राई स्मृति प्रतिष्ठानको आयोजनामा आइतबार यहाँ ६७औँ मुक्ति दिवस मनाइयो ।प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नेतृत्वमा २००७ साल मंसिर २४ गते बिनारक्तपात पूर्वी पहाडको भोजपुर कब्जा गरेर राणा शासकलाई धक्का दिएको स्मरणमा प्रतिष्ठानले बर्षेनी मुक्ति दिवस मनाउँदै आएको छ । राजधानीमा आयोजित कार्यक्रममा एमाले नेता एवं साहित्यकार प्रदीप नेपालले सात सालको क्रान्तिमा रामप्रसादले पु¥याएको योगदान उजागर गर्न जरुरी रहेको बताउनुभयो ।
विगतमा नारदमुनि थुलुङलाई राजनीतिक र रामप्रसादलाई फौजी कमाण्डर भनेर आफूले चिनेको उल्लेख गर्दै नेता नेपालले तर रामप्रसाद मुलुकलाई मार्गदर्शन दिनसक्ने नेता रहेको आफूले पाएको सुनाउनुभयो । “रामप्रसाद राईले काँग्रेसको वैरगनिया सम्मेलनदेखि नै भारतीय विस्तारवादको विरोध गरेको देखिन्छ” उहाँले भन्नुभयो, “जवाहरलाल नेहरुले काँग्रेसको अगुवाइमा सबै क्रान्तिमा लाग्नुपर्ने फर्मान जारी गरेपछि रामप्रसाद त्यसविरुद्ध उभिएका रहेछन् ।”
इतिहासविद् प्रा डा. गोविन्दमान सिंह कार्कीले मुक्ति दिवसबारे धेरैलाई जानकारी नभएको उल्लेख गर्दै यो दिन राष्ट्रिय महत्वको रहेको सुनाउनुभयो । “क्रान्तिमा कब्जा गरेका क्षेत्र राणाले फर्काएपछि निराशा व्यक्त भइरहेका बेला भोजपुर कब्जा भएको थियो” उहाँले भन्नुभयो, “भोजपुर कब्जा नगरेको भए त्यति चाँडै राणा शासन फालिन्नथ्यो । जहानियाँ राणा शासन ढाल्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ ।”
क्रान्तिमा रामप्रसादको योगदान र मुक्ति दिवसको औचित्यबारे टंकबहादुर राई, जय छाङ्छा, प्रतिष्ठानका अध्यक्ष तारादेवी राईलगायतले बोल्नुभएको थियो । कार्यक्रममा चन्द्र रानाहँछा, वेदनाथ ढकाल, बिन्दु ढकाल, दीपक थापालगायतले कविता सुनाएका थिए । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











