प्रत्यक्षतर्फको मतगणना सम्पन्न, विजय गच्छदार बने अन्तिम सांसद, भगवती चौधरी पराजित
काठमाडौं, २७ मंसिर । मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सकिएको छ । प्रत्यक्षतर्फको सकिएको मतगणनामा नेकपा एमाले पहिलो दल बनेको छ । एमालेसँग तालमेल गरेर चुनाव लडेको माओवादी केन्द्र दोस्रो दल बनेको छ ।
स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस तेस्रो स्थानमा झरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम गणनामा नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएका छन् । सुनसरी क्षेत्र नम्बर ३ बाट गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

शुरुदेखि नै कायम रहेको एमालेकी भगवती चौधरीको अग्रता तोड्दै गच्छदारले ३२१ मतको अन्तरमा जित निकालेका हुन् । गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी बिजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धीमा रहेकी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् ।
भगवती चौधरीको यो दोस्रो दुर्भाग्य हो । यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि चौधरी गच्छदारसँगै डेढ सय मतान्तरमा पराजित भएकी थिइन् । यसपटक मतगणनामा आफूले अग्रता लिइरहँदा गच्छदारले प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतसँग सेटिङ मिलाएर मुचुल्का बिनाका मतपत्र निकालेको आरोप लगाएकी थिइन् । उनले त्यसपछि मतगणना नै बहिस्कार गरेकी थिईन् ।
बिजय गच्छदारको राजनीतिक जीवनमा यो छैटौं अपराजित यात्रा हो । २०४८ देखि उनले कुनै पनि चुनाव हारेका छैनन् । योसँगै प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












