नेपालमा वाम गठबन्धनले दुई तिहाई सिट जित्दा भारतको टाउँको दुखाई
काठमाडौं, २७ मंसिर । नेपालको राजनीतिमा प्रत्यक्ष रुपमा हस्तक्षेप गर्र्दै आएको भारत चुनावको नतिजाले अत्तालिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनले प्रष्ट बहुमत प्राप्त गरेपछि भारतीय सञ्चारमाध्यमले विभिन्न कोणबाट विश्लेषण गरेका छन् ।
नवभारत टाइम्सले नेपालमा वामपन्थी गठबन्धनको जितलाई भारतका लागि नयाँ चुनौतीका रुपमा विश्लेषण गरेको छ । ‘नेपालमा केपी ओलीको हातमा सत्ता पुग्नु भारतका लागि खतराको घण्टी’ हुने सो अखबारले उल्लेख गरेको छ । नवभारत टाइम्सको समाचारमा भनिएको छ, ‘ओली खुलेरै चीनप्रति आफ्नो झुकाव प्रकट गर्दछन् ।’
भारतका विदेश मामला जानकार ब्रह्म चेलानीलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘नेपालका दुई प्रमुख कम्युनिस्ट पार्टी एक साथ उभिएका छन्, नेपालको कम्युनिस्ट सरकारको झुकाव निसन्देह चीनतर्फ नै हुनेछ ।’
त्यस्तै अर्को अखबार दैनिक जागरणले पनि नेपालमा चीनको प्रभाव बढ्ने विश्लेषण गरेको छ । नेपालका वामपन्थी दलहरुको झुकाव चीनतर्फ रहेको उल्लेख गर्दै सो अखबारले भनेको छ, ‘मधेस आन्दोलनका क्रममा ट्रक आवागमनमा रोक लगाएपछि ओली सरकार र भारतबीचको सम्बन्ध तल्लो स्तरमा पुगेको थियो । त्यसपछि केपी ओलीले चीनतर्फ हात बढाए ।’
भारतलाई घेर्ने कोसिसमा जुटेको चीन नेपालमा भारतको निर्भरता समाप्त गर्नका लागि हरसम्भव मद्दत गर्न तयार हुने उक्त पत्रिकाको ठहर छ । उसले समानुपातिकमा नेपाली कांग्रेसले पाएको मत र प्रतिनिधिसभामा मधेसवादी दलले २१ सिट हासिल गरिसकेको अवस्थालाई ‘भारतका लागि केही सहज’ भन्दै व्याख्यासमेत गरेको छ । ‘यस्तोमा एउटा बलियो विपक्षीले वामपन्थी दलको मनोमानीलाई रोक्न सफलता मिल्न सक्छ,’ दैनिक जागरणले भनेको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












