१२ पटक मन्त्री बनेका विजय गच्छदारले पाए सासुआमाबाट प्रधानमन्त्री हुने आशिर्वाद
सुनसरी, २७ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गञ्छदार विजयी भएका छन् । हरेक नयाँ सरकार गएर रेकर्ड नै कायम गरेका गच्छदार नेकपा एमालेकी भगवती चौधरीलाई ३२१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
चुनाव जितेसँगै गच्छदारले आफ्नी सासुआमाबाट प्रधानमन्त्री बन्ने आशिर्वाद पाएका छन् । बिराटनगरस्थित नेपाल राष्ट्र बैंकको आवास गृहमा बसेका गच्छदारले पत्रकारलाई कुनै प्रतिक्रिया दिएनन् । उपप्रधानमन्त्रीका रुपमा सरकारी आवासमा बसेका गच्छदारले इनरुवा पुगेपछि मिडियालाई प्रतिक्रिया दिने बताएका थिए ।
गच्छदारलाई सासूआमा पम्फादेवी श्रेष्ठले टाउको हात राखेर आर्शिवाद दिँदै भनिन्– ‘अब देशको प्रधानमन्त्री हुनू ।’ गच्छदारलाई सासूआमाले माला र टीका लगाएर आशिर्वाद दिइन् ।
त्यसैगरी सुनसरीको रामगञ्ज बेलगाछिया निवासी कांग्रेस निकत किसान संघका नेता ८४ वर्षीय प्रेमबहादुर गौतमले नवनिर्वाचित गच्छदारलाई आर्शिवाद दिए । पारिवारजनबाट आशिर्वाद लिएपछि गच्छदारले बिराटनगरमै खाना खाए ।
सुनसरी जान लागेका गच्छदारलाई प्रमुख जिल्ला अधिकारीले गाडी पठाइदिएका थिए । तर, उनले सिडियोको गाडी फर्काइदिएका छन् । उनी प्राइभेट गाडीबाट इनरुवातर्फ लागेका छन् ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












