प्रदेश ७ को मुख्यमन्त्री र राजधानी एमालेसँग छलफल गरेर टुंगाउछौंः लेखराज भट्ट
धनगढी, २७ मंसिर । कैलाली निर्वाचन क्षेत्र नम्बर-४ बाट विजयी माओवादी केन्द्रका सांसद लेखराज भट्टले मुख्यमन्त्रीको विषयमा एमालेसँग सहमति नभएको बताएका छन् । मतदातालाई धन्यवाद दिन आफ्नै निवासमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टले मुख्यमन्त्री र प्रदेश ७ को राजधानीका विषयमा एमालेसँग छलफल गरेर मात्रै टुंगो लगाईने बताए ।
उनले प्रदेश राजधानीको लागि अत्तरियालाई उपयुक्त ठानेका छन् । सात नम्बर प्रदेशको राजधानी डोटी कि धनगढी भन्ने विवाद भइरहेका बेला नेता भट्टले अत्तरिया उपयुक्त हुने बिकल्प अघि सारेका हुन् । माओवादी केन्द्रका प्रदेश नम्बर ७ का ईन्चार्ज समेत रहेका भट्टले एमालेसँग छलफल गरि मुख्यमन्त्री र प्रदेश राजधानीको टुंगो लगाउने बताएका हुन् ।
उनले वर्तमान काम चलाउ सरकारले प्रदेश प्रमुख नियुक्त गर्न लागेकोमा विरोध समेत जनाए । बाम गठबन्धनको दुई तिहाईको सरकार बन्ने निश्चित भइसकेका बेला काम चलाउ सरकारले दुरगामी किसिमका निर्णय गर्न नहुने कुरामा जोड दिए । नेता भट्टले तत्काल गर्नुपरे पनि राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्नुपर्ने धारणा व्यक्त गरे ।
आफुलाई मतदान गरी विजयी गराउने सबै मतदातालाई आभार तथा धन्यवाद ज्ञापन समेत गरेका छन् । उनले चुनावका बेला मतदातामाझ गरेका बाचा क्रमशः पूरा गर्दै जाने बताए । नेता भट्टले तत्काल गर्न सकिने योजना तत्काल गर्ने र तत्काल गर्न नसकिनेलाई मध्यकालीन र दिर्घकालीन योजना बनाएर पूरा गर्न आफू सदैव लागिपर्ने बताए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












