संविधानको मर्म र भावनाभन्दा बाहिर जाँदैनौँ : अध्यक्ष पुष्पकमल दाहाल
चितवन, २८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनाभन्दा बाहिर नजाने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज यहाँ आयोजना गरेको चितवनबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधानमा भएको व्यवस्थाभन्दा बाहिर वाम गठबन्धन नजाने बताउनुभयो ।
उहाँले संघीय गणतन्त्रको संविधान काँग्रेस, एमाले, माओवादीलगायत दलहरुबीच सहमति भएर बनाएकाले संविधानको मर्म र भावनाअनुसार नै देशलाई नेतृत्व दिने बताउनुभयो । जनतासामु यही कबुल गरेको उहाँको भनाइ थियो । “वामपन्थीले जितेपछि अर्कै केही हुन्छ भन्ने प्रचार विल्कुल गलत हो,” उहाँले भन्नुभयो । नेपालको इतिहासमा वामपन्थी नै बढी लोकतान्त्रिक, बढी जनपक्षीय, प्रेस स्वतन्त्रताको पक्षमा र कानूनी राज्यको पक्षमा दृढतापूर्वक उभिएको र आउने दिनमा अझ राम्रोसँग यी कुरा प्रमाणित हुने अध्यक्ष दाहालले बताउनुभयो ।
देशमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको मुख्य एजेण्डालाई प्रमुखता दिएर नै वाम गठबन्धन बनाएको र जनताले त्यसलाई राम्रोसँग अनुमोदन गरेको उहाँले बताउनुभयो । नेपाली जनताको आशा र अपेक्षाअनुसार वामपन्थीको सरकारले राजनीतिक स्थायित्व प्रदान गर्ने, आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर देशलाई डो¥याउने अध्यक्ष दाहालको भनाइ थियो । “सुशासन, भ्रष्टाचार महारोग भएको छ, यसलाई नियन्त्रण गर्ने, सुशासन कायम गर्ने जनताको प्रमुख आकांक्षा हो, त्यो हामीले पूरा गर्छौँ उहाँले भन्नुभयो । दशकौँदेखि नेपाली जनताले यसैका लागि संघर्ष गर्दै आएको बताउँदै उहाँले भन्नुभयो “स्थायित्व दिन्छौँ, सुशासन दिन्छौँ र आर्थिक समृद्धिततर्फ देशलाई लैजान्छौँ भन्ने कुरा जनतासँग संकल्प गरेका थियैँ, यो नेपाली जनताले उत्साहजनक ढंगबाट अनुमोदन गरेका छन् ।”
निर्वाचनमा जनताले वाम गठबन्धनप्रति देखाएको समर्थन गठबन्धनका नेताको लागि ठूलो जिम्मेवारी भएको र जनताले सुम्पेको त्यो जिम्मेवारी गम्भीरताका साथ आत्मसात् गर्ने र जनअपेक्षाअनुसार आफूहरुलाई अग्निपरीक्षामा खरो उतार्ने उहाँले बताउनुभयो । वाम गठबन्धनलाई र निर्वाचनको यस विजयलाई संसारले ध्यानपूर्वक हेरेको भन्दै उहाँले भन्नुभयो “छिमेकीदेखि सिंगै अन्तरराष्ट्रिय समुदायको पनि यसतर्फ के होला भन्नेतिर गहिरो ध्यान छ, हामीले यसलाई गम्भीररुपमा लिएका छौँ ।”
चितवनको विकास र समृद्धिका लागि जनतासमक्ष प्रतिबद्धता गरेका विषयमा दृढतापूर्वक उभिने बताउँदै अध्यक्ष दाहालले वाम गठबन्धनले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभयो । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दाहालले चितवनमा निर्वाचन लड्दा पहिलो पटक निर्वाचन लडेजस्तो महसुस भएको बताउनुभयो । “यसअघि रोल्पा, काठमाडौँ, सिराहाबाट निर्वाचन लड्दा वास्तवमा चुनावै लडे जस्तो महसुस भएको थिएन,” उहाँले भन्नुभयो । अहिलेको निर्वाचनमा चितवनका जनतासँग नजिकबाट भावना बुझ्न कोसिस गरेको उहाँले बताउनुभयो ।
“यस पटकको निर्वाचनमा सबै खाले तिता मिठा अनुभव गरेँ,” अध्यक्ष दाहालले भन्नुभयो । चितवनमा आम सञ्चार प्रष्ठिान स्थापना गर्ने पत्रकारको चाहना आफूले बुझेको र प्रतिष्ठान स्थापना गर्नका लागि वाम गठबन्धनभित्रबाट र सरकारको तर्फबाट गर्नुपर्ने काममा आफ्नो पहल हुने उहाँले बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले निर्वाचन जित्दैमा विकास नहुँने र विकास कठिन तर असम्भव नरहेको बताउनुभयो । चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले दृष्टिकोण र संकल्पसहित अघि बढेमा मात्रै विकास सम्भव हुने बताउनुभयो ।
“परिश्रमी जनता र संकल्पकसहितको इमान्दार सरकार भए विकासले गति लिन्छ,” उहाँले भन्नुभयो । कार्यक्रममा चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेल, नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा, उपाध्यक्ष शान्ता अधिकारीलगायतले बोल्नुभएको थियो ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












