संविधानको मर्म र भावनाभन्दा बाहिर जाँदैनौँ : अध्यक्ष पुष्पकमल दाहाल
चितवन, २८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनाभन्दा बाहिर नजाने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज यहाँ आयोजना गरेको चितवनबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधानमा भएको व्यवस्थाभन्दा बाहिर वाम गठबन्धन नजाने बताउनुभयो ।
उहाँले संघीय गणतन्त्रको संविधान काँग्रेस, एमाले, माओवादीलगायत दलहरुबीच सहमति भएर बनाएकाले संविधानको मर्म र भावनाअनुसार नै देशलाई नेतृत्व दिने बताउनुभयो । जनतासामु यही कबुल गरेको उहाँको भनाइ थियो । “वामपन्थीले जितेपछि अर्कै केही हुन्छ भन्ने प्रचार विल्कुल गलत हो,” उहाँले भन्नुभयो । नेपालको इतिहासमा वामपन्थी नै बढी लोकतान्त्रिक, बढी जनपक्षीय, प्रेस स्वतन्त्रताको पक्षमा र कानूनी राज्यको पक्षमा दृढतापूर्वक उभिएको र आउने दिनमा अझ राम्रोसँग यी कुरा प्रमाणित हुने अध्यक्ष दाहालले बताउनुभयो ।
देशमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको मुख्य एजेण्डालाई प्रमुखता दिएर नै वाम गठबन्धन बनाएको र जनताले त्यसलाई राम्रोसँग अनुमोदन गरेको उहाँले बताउनुभयो । नेपाली जनताको आशा र अपेक्षाअनुसार वामपन्थीको सरकारले राजनीतिक स्थायित्व प्रदान गर्ने, आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर देशलाई डो¥याउने अध्यक्ष दाहालको भनाइ थियो । “सुशासन, भ्रष्टाचार महारोग भएको छ, यसलाई नियन्त्रण गर्ने, सुशासन कायम गर्ने जनताको प्रमुख आकांक्षा हो, त्यो हामीले पूरा गर्छौँ उहाँले भन्नुभयो । दशकौँदेखि नेपाली जनताले यसैका लागि संघर्ष गर्दै आएको बताउँदै उहाँले भन्नुभयो “स्थायित्व दिन्छौँ, सुशासन दिन्छौँ र आर्थिक समृद्धिततर्फ देशलाई लैजान्छौँ भन्ने कुरा जनतासँग संकल्प गरेका थियैँ, यो नेपाली जनताले उत्साहजनक ढंगबाट अनुमोदन गरेका छन् ।”
निर्वाचनमा जनताले वाम गठबन्धनप्रति देखाएको समर्थन गठबन्धनका नेताको लागि ठूलो जिम्मेवारी भएको र जनताले सुम्पेको त्यो जिम्मेवारी गम्भीरताका साथ आत्मसात् गर्ने र जनअपेक्षाअनुसार आफूहरुलाई अग्निपरीक्षामा खरो उतार्ने उहाँले बताउनुभयो । वाम गठबन्धनलाई र निर्वाचनको यस विजयलाई संसारले ध्यानपूर्वक हेरेको भन्दै उहाँले भन्नुभयो “छिमेकीदेखि सिंगै अन्तरराष्ट्रिय समुदायको पनि यसतर्फ के होला भन्नेतिर गहिरो ध्यान छ, हामीले यसलाई गम्भीररुपमा लिएका छौँ ।”
चितवनको विकास र समृद्धिका लागि जनतासमक्ष प्रतिबद्धता गरेका विषयमा दृढतापूर्वक उभिने बताउँदै अध्यक्ष दाहालले वाम गठबन्धनले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभयो । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दाहालले चितवनमा निर्वाचन लड्दा पहिलो पटक निर्वाचन लडेजस्तो महसुस भएको बताउनुभयो । “यसअघि रोल्पा, काठमाडौँ, सिराहाबाट निर्वाचन लड्दा वास्तवमा चुनावै लडे जस्तो महसुस भएको थिएन,” उहाँले भन्नुभयो । अहिलेको निर्वाचनमा चितवनका जनतासँग नजिकबाट भावना बुझ्न कोसिस गरेको उहाँले बताउनुभयो ।
“यस पटकको निर्वाचनमा सबै खाले तिता मिठा अनुभव गरेँ,” अध्यक्ष दाहालले भन्नुभयो । चितवनमा आम सञ्चार प्रष्ठिान स्थापना गर्ने पत्रकारको चाहना आफूले बुझेको र प्रतिष्ठान स्थापना गर्नका लागि वाम गठबन्धनभित्रबाट र सरकारको तर्फबाट गर्नुपर्ने काममा आफ्नो पहल हुने उहाँले बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले निर्वाचन जित्दैमा विकास नहुँने र विकास कठिन तर असम्भव नरहेको बताउनुभयो । चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले दृष्टिकोण र संकल्पसहित अघि बढेमा मात्रै विकास सम्भव हुने बताउनुभयो ।
“परिश्रमी जनता र संकल्पकसहितको इमान्दार सरकार भए विकासले गति लिन्छ,” उहाँले भन्नुभयो । कार्यक्रममा चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेल, नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा, उपाध्यक्ष शान्ता अधिकारीलगायतले बोल्नुभएको थियो ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











