पाँचवटा दल मात्रै राष्ट्रिय पार्टी बन्दै, फोरम र राजपाले पनि ३ प्रतिशत कटाउने
काठमाडौं, २८ मंसिर । प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिक तर्फको पनि अन्तिम चरणमा पुगेको छ । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मतगणनाको कार्य अन्तिम चरणमा पुगेको हो । अहिलेसम्म देशभरमा ६० जिल्लामा मतगणना सम्पन्न भईसकेको निर्वाचन आयोगले जनाएको छ ।
अब १७ जिल्लाको परिणाम आउन बाँकी छ । अहिलेसम्म करीब ७५ प्रतिशत भन्दा बढी मत गणना भईसकेको छ । ८० लाख मत गणना हुँदा आगामी संसदमा पाँच वटा राजनीतिक दल राष्ट्रिय पार्टीका रुपमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना देखिएको छ ।
अहिलेसम्मको गणना अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र बाहेक संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले समानुपातिकमा ३ प्रतिशत बढी मत ल्याउने सम्भावना बढी छ । समानुपातिक तर्फ कुल सदर मतको ३ प्रतिशत वा त्यो भन्दा बढी मत ल्याउनेले मात्रै समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनधिसभामा प्रतिनिधित्व गर्न पाउने कानूनी प्रावधान छ ।
राजनीतिक दलसँग सम्बन्धित ऐनले प्रत्यक्ष तर्फ न्यूनतम एक सिट जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएको राजनीतिक दलले मात्रै संसदमा राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था गरेको छ । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिटेको छ ।
समानुपातिक तर्फ अहिलेसम्मको गणनामा एमालेले २७ लाख २३ हजार ४ सय ९०, कांग्रेसले २६ लाख २५ हजार ४ सय ७५ र माओवादी केन्द्रले १० लाख ९१ हजार ८ सय १५ भोट ल्याएका छन् । यी दलहरुबाहेक ३ प्रतिशतको सीमा कटाउन सक्नेमा संघीय समाजवादी फोरम राष्ट्रिय जनता पार्टी रहेका छन् ।
निर्वाचन आयोगले गणना नसकिदैं कुन कुन दल राष्ट्रिय पार्टी बन्ने वा समानुपातिकमा सिट पाउने भन्न नसकिने जनाएको छ । तर, अनौपचारिक रुपमा आयोगका अधिकारीले राजपासम्मले राष्ट्रिय पार्टी बन्ने बताएको छ ।
आयोगले मतदान सकिएको दिन देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेको जनाएको थियो । समानुपातिक तर्फ ४ देखि ५ प्रतिशत हाराहारीमा मतबदर हुने अनुमान गरिएको छ । त्यस अनुसार ३ प्रतिशत मत पुर्याउन दलले ३ लाखभन्दा थोरै बढी मत ल्याउनुपर्ने देखिन्छ ।
समानुपातिकको सिट बाँडफाँड गर्दा ३ प्रतिशत भन्दा कम मत ल्याएका राजनीतिक दलको मतको गणना हुनेछैन । ३ प्रतिशत बढी मतको मात्रै कुल योगफल निकाली समानुपातिकको १ सय १० सिटको वितरण हुनेछ । समानुपातिकमा ३ प्रतिशत नकटाउनेले एउटा पनि सिट पाउने छैनन् । तर, न्यूनतम ३ प्रतिशत पुर्याउनले ४ देखि ५ वटासम्म सिट पाउने सम्भावना छ ।
प्रत्यक्ष तर्फ एक सिट जितेको राप्रपाले समानुपातिकमा २ दशमलव २५ प्रतिशत ल्याएको छन् । उक्त दलले ३ प्रतिशत पुर्याए राष्ट्रिय पार्टी बन्न सक्छ । तर, प्रत्यक्ष तर्फ एक सिट पनि नजितेको विवेकशील साझा पार्टीले समानुपातिकमा २ दशमलव २६ प्रतिशत हराहारीमा मत ल्याइसकेको छ । उक्त दलले समानुपातिकमा ३ प्रतिशत पुर्याए समानुपातिकबाट प्रतिनिधित्व त पाउने छ तर प्रत्यक्षमा सिट नजितेकाले राष्ट्रिय पार्टीको मान्यता भने पाउने छैन ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











