पाँचवटा दल मात्रै राष्ट्रिय पार्टी बन्दै, फोरम र राजपाले पनि ३ प्रतिशत कटाउने
काठमाडौं, २८ मंसिर । प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिक तर्फको पनि अन्तिम चरणमा पुगेको छ । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मतगणनाको कार्य अन्तिम चरणमा पुगेको हो । अहिलेसम्म देशभरमा ६० जिल्लामा मतगणना सम्पन्न भईसकेको निर्वाचन आयोगले जनाएको छ ।
अब १७ जिल्लाको परिणाम आउन बाँकी छ । अहिलेसम्म करीब ७५ प्रतिशत भन्दा बढी मत गणना भईसकेको छ । ८० लाख मत गणना हुँदा आगामी संसदमा पाँच वटा राजनीतिक दल राष्ट्रिय पार्टीका रुपमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना देखिएको छ ।
अहिलेसम्मको गणना अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र बाहेक संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले समानुपातिकमा ३ प्रतिशत बढी मत ल्याउने सम्भावना बढी छ । समानुपातिक तर्फ कुल सदर मतको ३ प्रतिशत वा त्यो भन्दा बढी मत ल्याउनेले मात्रै समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनधिसभामा प्रतिनिधित्व गर्न पाउने कानूनी प्रावधान छ ।
राजनीतिक दलसँग सम्बन्धित ऐनले प्रत्यक्ष तर्फ न्यूनतम एक सिट जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएको राजनीतिक दलले मात्रै संसदमा राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था गरेको छ । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिटेको छ ।
समानुपातिक तर्फ अहिलेसम्मको गणनामा एमालेले २७ लाख २३ हजार ४ सय ९०, कांग्रेसले २६ लाख २५ हजार ४ सय ७५ र माओवादी केन्द्रले १० लाख ९१ हजार ८ सय १५ भोट ल्याएका छन् । यी दलहरुबाहेक ३ प्रतिशतको सीमा कटाउन सक्नेमा संघीय समाजवादी फोरम राष्ट्रिय जनता पार्टी रहेका छन् ।
निर्वाचन आयोगले गणना नसकिदैं कुन कुन दल राष्ट्रिय पार्टी बन्ने वा समानुपातिकमा सिट पाउने भन्न नसकिने जनाएको छ । तर, अनौपचारिक रुपमा आयोगका अधिकारीले राजपासम्मले राष्ट्रिय पार्टी बन्ने बताएको छ ।
आयोगले मतदान सकिएको दिन देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेको जनाएको थियो । समानुपातिक तर्फ ४ देखि ५ प्रतिशत हाराहारीमा मतबदर हुने अनुमान गरिएको छ । त्यस अनुसार ३ प्रतिशत मत पुर्याउन दलले ३ लाखभन्दा थोरै बढी मत ल्याउनुपर्ने देखिन्छ ।
समानुपातिकको सिट बाँडफाँड गर्दा ३ प्रतिशत भन्दा कम मत ल्याएका राजनीतिक दलको मतको गणना हुनेछैन । ३ प्रतिशत बढी मतको मात्रै कुल योगफल निकाली समानुपातिकको १ सय १० सिटको वितरण हुनेछ । समानुपातिकमा ३ प्रतिशत नकटाउनेले एउटा पनि सिट पाउने छैनन् । तर, न्यूनतम ३ प्रतिशत पुर्याउनले ४ देखि ५ वटासम्म सिट पाउने सम्भावना छ ।
प्रत्यक्ष तर्फ एक सिट जितेको राप्रपाले समानुपातिकमा २ दशमलव २५ प्रतिशत ल्याएको छन् । उक्त दलले ३ प्रतिशत पुर्याए राष्ट्रिय पार्टी बन्न सक्छ । तर, प्रत्यक्ष तर्फ एक सिट पनि नजितेको विवेकशील साझा पार्टीले समानुपातिकमा २ दशमलव २६ प्रतिशत हराहारीमा मत ल्याइसकेको छ । उक्त दलले समानुपातिकमा ३ प्रतिशत पुर्याए समानुपातिकबाट प्रतिनिधित्व त पाउने छ तर प्रत्यक्षमा सिट नजितेकाले राष्ट्रिय पार्टीको मान्यता भने पाउने छैन ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












