दरबारमार्गको डेजाभु क्लबमा तोडफोडपछि कार्यक्रम आयोजक २ जना पक्राउ
काठमाडौं, २८ मंसिर । बुधबार राती काठमाडौं दरबारमार्गमा रहेको डेजाभु नाइट क्लवमा तोडफोडको मामिलामा कार्यक्रमका आयोजकहरुलाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकन डिजे मार्समेलोले प्रस्तुति दिने भनिएको कार्यक्रममा उनी उपस्थित नभएपछि आक्रोशित बनेका दर्शकहरुले तोडफोड गरेका थिए । तोडफोडका कारण क्लबमा क्षति पुगेको छ ।
प्रहरीले कार्यक्रमका आयोजक रितेश मारवाडी र राजीव महर्जनलाई पक्राउ गरेको छ । ठगीको मुद्दामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एससपी रवीन्द्र धानुकले जानकारी दिए । क्लबका सञ्चालक राम गिरी भने फरार रहेका छन् । धानुकले उनको पनि खोजी भइरहेको जानकारी दिए ।
दुई हजार दर्शक अँट्ने क्षमता रहेको क्लब डेजाभुमा करिब ७ हजार टिकट बिक्री गरिएको प्रहरीको भनाई छ । एउटा टिकटको मूल्य २५ सयदेखि ५ हजारसम्म राखिएको थियो । ‘ठगी मामिलामा हामीले आयोजकहरुलाई पक्राउ गरेका छौँ,’ धानुकले भने, ‘क्षमताभन्दा बढी टिकट बिक्री गरेको पनि पाइएको छ । यसबारे अनुसन्धान गरिरहेका छौँ ।’
डिजे मार्समेलो नेपाल आए पनि बिरामी भएको कारण अन्तिम समयमा कार्यक्रम रद्द गर्नुपरेको थियो । प्रहरीका अनुसार उनी होटल द्वारिकामा आराम गरिरहेका छन् । मार्समेलोले आफ्नो आधारिक फेसबुक पेजबाट आफूलाई ज्वरो आएको र डाक्टरको सल्लाह अनुसार कार्यक्रममा उपस्थित हुन नसकेको भन्दै माफी मागेका छन् ।
http://news-nepal.com/707982/
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












