म्यानमारमा रोहिङ्ग्या विरुद्ध अमावीय ज्यादति, एक महिनामा साढे ६ हजारको हत्या
यांगुन, २८ मङसिर । म्यानमारको सेनाले गएको अगष्ट महिनामा यहाँका रोहिङ्ग्या मुसलमान समुदायका विरुद्ध सञ्चालन गरेको कारवाहीमा परी कम्तीमा पनि ६ हजार ७०० जना मारिएको एक प्रतिवेदन सार्वजनिक भएको छ । यसलाई म्यानमारमा रोहिङ्ग्या विरुद्ध गरिएको ज्यादतिका रुपमा लिइएको छ । यस क्रममा महिला, बालबालिका सहितका नागरिकको मृत्यु भएको आशङ्का यसअघि नै गरिएको थियो ।
संयुक्त राष्ट्रसंघ र संयुुक्त राज्य अमेरिकाले भने यसअघि नै म्यानमारमा रोहिङ्ग्याका विरुद्धमा गरिएको एउटा ठूलो जातीय सफाया भन्दै आएको थियो । तर म्यानमारले भने स्वीकार गरेको थिएन । बिहीबार डाक्टर विदाउट बोर्डरर्स, एमएसएफले सार्वजनिक गरेको एक प्रतिवेदनमा सो कुरा सार्वजनिक भएको हो । नागरिकमाथि सैनिकले ज्यादति गरेको कुरा पनि सो प्रतिवेदनमा लेखिएको छ ।
त्यस कारबाहीका क्रममा बालबालिकाको हत्या गरेको तथा महिलाहरुमाथि बालात्कार भएको पनि संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयद्वारा सार्वजनिक प्रतिवेदनमा दुई महिना मात्र अघि जनाइएको छ । रोहिङ्ग्या समुदायकै नागरिकलाई लक्ष्य गरेर सो हिंसा भएको उक्त प्रतिवेदनमा जनाइएको छ । गएको अगष्ट २५ बाट उनीहरु विरुद्धको कारबाही थप आक्रामक बन्दा उनीहरु भागेर म्यानमार प्रवेश गरेका थिए । राखिन राज्यमा गत अक्टोबर १० देखि एक महिनासम्म गरेको कारबाहीका क्रममा मारिनेमा ७३० जना बालबालिका पनि मारिएका हुन् । त्यस्तै महिलामाथि पनि ज्यादति भएको थियो ।
म्यानमारमा राखिन राज्यमा सेनाले गरेको ‘एरिया क्लीयरेन्स अपरेशन’ का क्रममा गत अक्टोबर १० गतेदेखि सुरु भएको अभियानमा ती मानिसको हत्या भएको राष्ट्रसंघीय प्रतिवेदनमा उल्लेख गरिएको थियो । अल्पसङ्ख्यक मुसलमान माथि म्यानमारका सुरक्षाकर्मी वा गैरसैनिक लडाकूद्वारा सेना र प्रहरीको संरक्षणमा आतकङ्क सिर्जना गर्ने र प्रतिकार गर्ने नागरिकका परिवारजनमाथि हिंसात्मक कारवाही गरिएको सो संस्थाले जनाएको छ ।
बङ्गलादेशको शरणार्थी शिविरमा रहेका ११ हजारभन्दा बढी शरणार्थीमा यस विषयमा अनुसन्धान गरिएको थियो । सो अनुसन्धानका आधारमा यो प्रतिवेदन सार्वजनिक गरिएको समाचारमा जनाइएको छ । अन्तवार्ताका क्रममा ४७ प्रतिशत शरणार्थी शिविरका सदस्यले आफ्ना अभिभावकलाई सुरक्षाकर्मीले हत्या गरेको बताएका थिए भने ४३ प्रतिशत किशोरी तथा महिलाले आफुहरुमाथि बलात्कार भएको बताएको प्रतिवेदनमा उल्लेख छ ।
जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार कार्यालयका एक अधिकारीले म्यानमारमा अल्पसङ्ख्यक आदिवासी मुशलमान समुदायलाई राखिन राज्यबाट हटाउने अभिप्रायले सो कारवाही चलाएको जनाएका छन् । यसरी लखेटिएर ६ लाख २० हजार भन्दा बढी म्यान्माली शरणार्थी बङ्गलादेश पुगेका छन् । उनीहरु हाल त्यहाँ शरणार्थी शिविरमा बसिरहेका छन् । एएफपी
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












