म्यादी प्रहरीको तलब भत्ता प्रहरीले कुम्ल्याउन खोज्दा आन्दोलन, वीरगञ्जमा चक्काजाम
वीरगञ्ज, २८ मंसिर । राज्यले तोकेको भन्दा कम सेवासुविधा दिएको भन्दै म्यादी प्रहरीहरु आन्दोलित भएका छन् । प्रदेश तथा प्रतिनीधि सभा निर्वाचनका लागि पर्सामा खटिएका म्यादी प्रहरीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बिहिबार वीरगञ्जमा चक्काजाम गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले राज्यले तोकेको भन्दा कम सेवा सुविधा दिन लागेको भन्दै आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाई छ ।
उनीहरुले जिल्ला प्रहरीमा गएर गुनासो गर्दा कुनै सुनुवाई नभएको भन्दै घण्टाघर चोकमा चक्का जाम गरेका हुन् । पहिलो चरणमा खटिएका म्यादी प्रहरीहरुलाई ६२ हजार दिएको भएपनि पर्सामा ४८ हजार मात्रै दिन लागेको आरोप उनीहरुको आरोप छ । पहिलो चरणको चुनावमा वितरण भए अनुसारकै पारिश्रमिक आफूहरुले पनि पाउनुपर्ने माग उनीहरुको छ ।
पहिलो चरणमा खटिएका म्यादी प्रहरीहरुलाई भन्दा कम पारिश्रमिक दिन लागेपछि विरोध जनाएको म्यादी प्रहरी राम मण्डलले जानकारी दिए । ‘हामीलाई कम पारिश्रमिक दिने कुरा भएपछि हामीले विरोध जनाएका थियौं । प्रहरीले उल्टै लाठि चार्ज गरेर हामीलाई लखेटेपछि चक्काजाम गर्न बाध्य भयौं’ उनले भने ।
५५ दिनका लागि खटाईने उनीहरुले २० दिन काम गरे वापत पहिलो किस्ता २४ हजार पाईसकेका छन् भने अब ३५ दिन खटेको रकम पाउन बाँकी छ । कात्तिक ३ गतेबाट खटेको भएपनि नियुक्तीपत्र कात्तिक १२ गतेदेखि मात्रै रहेको म्यादी प्रहरीहरुको गुनासो छ ।
पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले भने म्यादी प्रहरीहरुले नबुझेका कारण समस्या सृजना भएको बताए । ‘कुनै एउटा अनलाइनले लेखेको गलत समाचारको आधारमा उनीहरुले हल्ला गरेका छन्’ उनले भने, ‘राशन भत्ताका कारण हिमाली, पहाडी र तराईका जिल्लामा रकम केहि तलमाथी हुन्छ, राज्यले तोकको पारिश्रमिक सिधै उनीहरुको खातामा जान्छ ।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











