सर्वोच्चद्वारा फरार ‘माननीय’ रेशम चौधरीको रिट दर्ता गर्न अस्वीकार
काठमाडौं, २९ मंसिर । फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका चौधरीको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको हो ।
फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका उनी भारी मतले विजयी भए । तर, निर्वाचन अधिकृतले वारेसमार्फत विजयी भएको प्रमाणपत्र दिएनन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनुपर्ने माग गर्दै चौधरीले भाइमार्फत सर्वोच्च रिट दिएका थिए । तर, मुख्य रजिष्टार नहकुल सुवेदीले निवेदन अस्वीकार गरेका हुन् ।
निवेदकले आफूमाथि टीकापुर घटनाको अभियोग लागेको र कानुनी प्रक्रियामा नरहेको स्वीकार गरेको भन्दै सर्वोच्चले भनेको छ, ‘यस्तो अवस्थामा अ. व. ६५ (१) नम्बर बमोजिम वारेस समेत नलाग्ने देखिँदा यस्तो मुद्दामा वारेसमार्फत प्रस्तुत रिट दर्ता गर्न मिलेन ।’ चौधरी आफैं उपस्थित भएमा भने रिट निवेदन दर्ता हुन नहुने विचार गरिने सर्वोच्चले जनाएको छ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











