कञ्चनपुरका मुक्तकमैया सामूहिक माछापालनमा
भीमदत्तनगर, २९ मंसिर । कञ्चनपुरको बेलौरी नगरपालिका– ५ का मुक्तकमैया सामूहिक रुपमा माछापालन गरेर आम्दानी गरिरहेका छन् ।यहाँ करिब आठ हेक्टरमा रहेको प्राकृतिक ताललाई व्यवस्थित गरेर सोभाताल मुक्तकमैया शिविरमा बस्दै आएका ७९ किसानले व्यावासायिक रुपमा माछापालन गर्दैआएका छन् । विसं २०६० देखि नै सोभातालमा माछापालन गरिए पनि व्यवस्थित नहुँदा आम्दानी मनग्य हुनसकेको थिएन । विभिन्न दातृ निकायले पोखरी स्तरोन्नती गर्न तथा डिल निर्माणलगायत प्राविधिक सहयोग गरेपछि मुक्तकमैयाले विगत केही वर्षयता समूहमार्फत माछापालन गर्न थालेका हुन् ।
सोभाताल व्यावसायिक माछापालन समितिका कृपाराम चौधरीका अनुसार पोखरीको डिल बनाउन र पानीका लागि मोटर, बोरिङका लागि दातृ निकायको सहयोग पाएपछि मुक्तकमैयाले श्रमदान गरेर तालमा माछापालन गर्न मन लगाएका हुन् । चौधरीले भन्नुभयो–“विगत वर्षमा वार्षिक रु तीन लाखसम्म नाफा भएको थियो । ”नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्लुएले समूहमार्फत मुक्तकमैया किसानलाई माछापालनमा सहयोग गर्दै आएको छ । “पहिले रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुन्थ्यो,” चौधरीले भन्नुभयो– “यस याममा रु १० लाखको माछा बिक्री गर्ने योजना बनाएका छौंँ ।”
पोखरीको डिलमा कागती खेतीका लागि बाँस रोपिएको छ । स्थानीय माछापालन व्यवसायमा आवद्ध अर्का मुक्तकमैया राधेश्याम चौधरीले तालमा माछापालनका लागि मुक्तकमैया बस्तीमा किसान अग्रसर हेँदै गइरहेको बताउनुहुन्छ । “चैतसम्म माछा बेच्ने समय हो,” उहाँले भन्नुभयो–“दैनिक माछा बिक्री भइरहेको छ ।” माछापालनमा आवद्ध किसानले बजारको समस्या नरहेको बताएका छन् । अहिले माछा प्रतिकिलो रु २५० देखि रु ३०० सम्ममा बिक्री भइरहेको छ ।
आम्दानीको रकम समूहमा आवद्ध किसानलाई मुनाफा बाड्ने गरी उनीहरुले योजना बनाएका छन् । जिल्ला कृषि विकास कार्यालयले २६ हजार तथा एनएनएसडब्लुएले २१ हजार माछाका भुरा सो समूहलाई उपलब्ध गराएको छ । माछापालन गरेर आयमूलक काममा अग्रसर मुक्तकमैयाले बेलौरी नगरपालिकालाई तालको अत्याधिक भाडा तिर्नु परेको गुनासो गरेका छन् । उनीहरुले तालको ठेक्काबापत वार्षिक रु एक लाख ५० हजार नगरपालिकालाई तिर्दैआएका छन् । “मुक्तकमैयाको आयस्तर उकास्न ताल समुदायलाई नै हस्तान्तरण गरिदिए हुन्थ्यो,” स्थानीयवासी कृपाराम चौधरीले भन्नुभयो–“नगरपालिकाले वार्षिक रुपमा समूहलाई ठेक्का दिएर रकम लिइरहेको छ ।”
त्यसैगरी, बेलौरी नगरपालिका–३ का किसानले पनि समूह बनाएर व्यावसायिक माछापालन थालेका छन् । यहाँको कर्णाली टोलका स्थानीयवासीले कर्णाली व्यावसायिक माछापालन समूह बनाएर माछापालन थालेका हुन् । समूहका कोषाध्यक्ष सावित्रा रावलका अनुसार उनीहरुले समूहमार्फत डेढ बिघा खेतमा पोखरी निर्माण गरेर माछापालन गरिरहेका छन् । यसका लागि एनएनएसडब्लुएले प्राविधिक सहयोग गर्दैआएको छ ।
“शुरुवातमा रु ६ लाख लगानी ग¥यौँ,” उहाँले भन्नुभयो–“अब माछा बिक्रीका लागि तयार हुँदैछन् ।” माछापालनका साथै किसानले सामूहिक रुपमा तरकारी खेतीसमेत गरिरहेका छन् । सो समूहमा ४५ परिवार आवद्ध छन् । उनीहरुले मासिक रु ५० बचत गर्दै आएका छन् । एनएनएसडब्लुएले बेलौरीमा किसानलाई व्यावसायिक बनाउन तरकारी खेती, माछापालन, बंगुरपालन र च्याउखेतीमा सहयोग गरिरहरहेको छ ।
एनएनएसडब्लुले समुदायमा आधारित जीविकोपार्जन तथा दिगो खाद्य सुरक्षा कार्यक्रमअन्तर्गत आर्थिक र प्राविधिक सहयोग गरिरहेको कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभयो । उहाँले सोभाताल र कर्णाली टोलमा माछापालन तथा च्याउखेतीका लागि बेलौरी नगरपालिकाका १३ वटा स्थानमा संस्थाले सहयोग गर्दै आएको बताउनुभयो । “हामीले गर्ने सहयोग आर्थिक अनुदानदेखि प्राविधिकसम्म हो,” संयोजक सुनारले भन्नुभयो– “उत्पादित बस्तुको बिक्री वितरणका लागि सम्बन्धित निकायसित छलफल गरिहेका छौँं ।”रासस
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











