ओलीलाई साथ दिँदै प्रचण्डले भने, ‘दुवै जना प्रधानमन्त्री भईसकेका छौ, हामीलाई पदको लोभ छैन’
काठमाडौं, २ पुस । वाम गठबन्धनका नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतापछि अध्यक्ष को भन्ने विषय सामान्य रहेको बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली माओवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्डले दुई पार्टीबीच निकट भविष्यमै पार्टी एकता हुने भन्दै अध्यक्ष को बन्ने भन्ने विषय ठूलो नरहेको स्पष्ट पारेका हुन् ।
राजधानीको अन्नपूर्ण होटलमा आइतबार वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा अब पार्टी अध्यक्ष को हुने भन्ने प्रश्नको जवाफ दिदैं ओलीले भने, ‘पार्टी एकता चाँडै हुन्छ। अध्यक्ष को बन्ने भन्ने विषयमा चाहिँ अध्यक्ष चाहिएको भए म एमालेको अध्यक्ष छँदै छु। प्रचण्डजी माओवादीको अध्यक्ष नै हुनुहुन्छ।’
वाम गठबन्धनको सरकार बन्ने निश्चित भइसकेको अवस्थामा भावी प्रधानमन्त्री को त ? यस प्रश्नको जवाफ भने ओलीले दिएनन्। उनको पालो सकिनेवित्तिकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस प्रश्नको उत्तर छुटेको उल्लेख गर्दै भने, ‘हामी दुबै प्रधानमन्त्री भइसकेका छौं, हामीलाई कुनै लोभ छैन।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












