यस्तो छ दुई चुनावमा ५ पार्टीको मत, दुई महिनामै माओवादीको ३ लाख ४ हजार मत हरायो
काठमाडौं, २ पुस । प्रदेश र प्रतिनिधिसभा चुनावमा नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा पाएको भन्दा कम मत पाएको छ । मंसिर १० र २१ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रले स्थानीय तह निर्वाचन भन्दा तीन लाख ४ हजार ३७ भोट कम पाएको छ । एमाले, कांग्रेस, राजपा नेपाल र संघीय समाजबादी फोरम नेपालले स्थानीय तह निर्वाचनको भन्दा बढी नै पाएपनि माओवादीले भने ३ लाख ४ हजार ३७ मत कम पाएको हो ।
गत बैशाख, असार र असोजमा भएको स्थानीय तह निर्वाचनमा सवैभन्दा ठुलो र धेरै स्थान जितेको एमालेले जम्मा ३१ लाख २८ हजार ३६३ मत ल्याएकोमा अहिलेको निर्वाचनमा ३१ लाख ७३ हजार ४९४ मत पाएको छ । उसले अघिल्लो निर्वाचनमा भन्दा ४५ हजार ५८३ मत बढी पाएको छ । त्यस्तै कांग्रेसले स्थानीय तह निर्वाचनमा ३१ लाख १५ हजार ६६४ मत ल्याएकोमा यो निर्वाचनमा ३१ लाख २८ हजार ३८९ मत पाएको छ । अघिल्लो र यो निर्वाचनमा कांग्रेसले १२ हजार ६ सय २५ मत बढि पाएको छ ।
माओवादी केन्द्रको भने स्थानीय तहमा पाएको मत भन्दा यो निर्वाचनमा ३ लाख ४ हजार ३७ मत कम आएको छ । उसले स्थानीय निर्वाचनमा १६ लाख ७ हजार ७५८ मत पाएकोमा यो निर्वाचनमा १३ लाख ३ हजार ७२१ मत मात्र पाएको छ ।
त्यस्तै राजपा नेपालले पनि स्थानीय चुनावमा भन्दा यो चुनावमा २ लाख बढि मत पाएको छ । राजपाले स्थानीय चुनावमा २ लाख ७० हजार ३३८ मत पाएकोमा यो निर्वाचनमा ४ लाख ७२ हजार २५४ मत पाएको छ । राजपाले स्थानीयमा भन्दा २ लाख १हजार ९१६ मत बढि छ ।
अर्को दल संघीय समाजवादी फोरम नेपालले पनि स्थानीय निर्वाचनमा भन्दा अहिलेको निर्वाचनमा बढि भोट ल्याएको छ । फोरमले स्थानीय निर्वाचनमा ४ लाख २४ हजार ५१० भोट पाएकोमा यो निर्वाचनमा ४ लाख ७० हजार २०१ भोट पाएको छ । स्थानीय भन्दा फोरमले अहिले ४५ हजार ६९१ भोट बढि ल्याएको छ ।
माओवादीको मत निरन्तर घट्दैः

सशस्त्र युद्ध विसाएर निर्वाचनमा होमिएको नेकपा माओवदी पहिलो संविधानसभाको सबै भन्दा ठूलो पार्टी बनेको थियो। कांग्रेस र एमालेका कतिपय किल्लाहरुमा उसले ‘क्लिनस्वीप’ नै गरेको थियो। १२ वर्ष जनयुद्ध गरेर आएको माओवादी केन्द्र त्यससपछिका चुनावमा भने निरन्तर पछि पर्दै गएको छ।
२०६४ सालको पहिलो संविधानसभामा यो पार्टीले समानुपातिकतर्फ २९ दशमलव ८५ प्रतिशत ल्याएको थियो। अर्थात समानुपातिक तर्फ माओवादीले ३१ लाख ४४ हजार २ सय ४ मत पाएको थियो। समानुपातिक तर्फ आएको मतका आधारमा उसले १ सय सिट पाएको थियो। त्योबेला प्रत्यक्ष र समानुपातिक दुवैतर्फ माओवादीकै मत ज्यादा आएको थियो। प्रत्यक्षमा उसले १ सय २० सिट जितेको यो जम्मा मतको ३० दशमलव ५२ प्रतिशत हो।
दोस्रो संविधानसभाको निर्वाचनमा माओवादी पहिलो पार्टीबाट एकैचोटी तेस्रोमा झरेको थियो। त्यो बेला उसले समानुपातिक तर्फ १४ लाख २९ हजार ७ सय २६ मत पायो। यो झण्डै १७ प्रतिशत हो। समानुपातिक मतका आधारमा उसले ५४ मत पायो। प्रत्यक्षमा उसले २६ सिट जितेको थियो।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












