वामगठबन्धन छोड्न माओवादी केन्द्रलाई कांग्रेसको प्रस्ताव, अब माओवादीले के गर्ला ?
काठमाडौं, ३ पुस । नेपाली कांग्रेसले वाम गठबन्धन छोड्न माओवादी केन्द्रलाई प्रस्ताव गरेको खुलासा भएको छ । पार्टी एकिकरण गर्ने भन्दै चुनावी तालमेल गरेर अगाडि बढेका नेकपा एमाले र माओवादी केन्द्रलाई कांग्रेसले टुक्राउन अनेकन प्रयास गरिरहेको खुलेको हो ।
वाम गठबन्धन छोडेर कांग्रेससँग मिलेर नयाँ सरकार बनाउन कांग्रेसबाट प्रस्ताव आएको माओवादी केन्द्रका प्रभावशाली युवा नेता बर्षमान पुन ‘अनन्त’ले जानकारी दिए । माओवादी केन्द्रलाई वाम गठबन्धन छाडेर लोकतान्त्रिक गठबन्धनसँग नयाँ सहमति गर्न कांग्रेसले प्रस्ताव गरेको खुलासा गरेका हुन् ।
‘नेपाली कांग्रेसले वाम गठबन्धन छोडेर लोकतान्त्रिक गठबन्धनसँग नयाँ सहमति गर्न माओवादी केन्द्रलाई प्रस्ताव गरेको छ,’ उनको भनाई छ,‘ यद्यपि वर्तमान परिस्थितिमा वाम गठबन्धन तोड्ने माओवादीको कुनै चाहाना छैन्।’
वाम गठबन्धनलाई जनताले चुनावबाट अनुमोदन गरिसकेको भन्दै नेता अनन्तले अब अन्य कुरामा लाग्न नहुनेमा जोड दिए । ‘पार्टी एकता, स्थायित्व र समृद्धिका लागि लाखौं मतदाताले समर्थन जनाएका छन्,’ उनको भनाई छ,‘ यदि कोही त्यस उदेश्य विपरित जान्छ भने त्यो देश विकास र वाम गठबन्धन मार्फत पार्टी एकतासम्म पुग्ने निर्णय विपरित हुन्छ ।’
दुई कम्प्युनिष्ट पार्टीहरुले चुनाव पहिले घोषणा गरे अनुरुप दुई पार्टीबीच एकता नहुने को कि भन्ने आशंका उब्जि रहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकट मानिने नेताबाट यस्तो धारणा आएको हो। वाम गठबन्धन बनाउँदा प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपाले गर्ने सहमति दुई पार्टीबीच भएको दावी गरे ।
‘यदि माओवादीका नेता प्रधानमन्त्री भए एमाले नेता पार्टी अध्यक्ष हुने र एमाले नेता प्रधानमन्त्री भए माओवादी नेता प्रार्टी अध्यक्ष हुने नै त्यो बेला सहमतिको मुख्य आधार हो,’ उनले भने ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












