दलीय हैसियतमा चुनाव लडेका बाबुराम, राजेन्द्र, दुर्गा र प्रेम सुवाल बने स्वतन्त्र सांसद
काठमाडौं, ३ पुस । निर्वाचन यस्तो अस्त्र हो शक्तिमा पुगेकालाई भूईमा र भईमा रहेकालाई शक्तिमा पुर्याईदिन्छ । निर्वाचनमा जनमतका साथ विजयी भएका उम्मेदवारले आफुलाई शक्तिशाली ठान्दछन्, भने पराजितले कमजोर ठान्दछन् । यो सबै कुरा जनताको हातमा हो ।
मंसिर १० र २१ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि केही नेताहरुलाई यस्तै भएको छ । अाफुलाई शक्तिशाली मान्नेहरुलाई जनताले उनीहरुको हैसियत देखाईदिएका छन् । आफ्नाे पार्टीलाई एकदमै ‘पावरफुल’ मान्ने नेताहरु यतिबेला स्वतन्त्र सांसद्को रुपमा परिचित हुनुपरेको छ ।
यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाँचजना स्वतन्त्र सांसद् भएका छन् । दलीय हैसियतमा निर्वाचन लडेका चार पार्टीका सांसदको हैसियत अब ‘स्वतन्त्र’ भएको हो । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देन, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल स्वतन्त्र हैसियतका सांसद हुने भएका छन् । हुम्लाबाट जितेका छक्कबहादुर लामा स्वतन्त्र सांसद हुन् ।
पूर्वप्रधानमन्त्री भट्टराई नै स्वतन्त्र हैसियतमाः
आँखा चुनाव चिन्ह आँखा लिएर गोरखा २ बाट निर्वाचन लडेका भट्टराई माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई हराउँदै निर्वाचित भएका थिए । तर भट्टराईको दल नयाँ शक्तिले समानुपातिकतर्फ थ्रेस होल्ड समेत कटाउन सकेन । नयाँ शक्तिले ८१ हजार ८३७ मत अर्थात ०.८५ प्रतिशत मत ल्यायो ।
जनताले राप्रपाको पनि हैसियत देखाएः
यस्तै, झापा ३ मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई हराउँदै सांसद बनेका राजेन्द्र लिङ्देनको दल राप्रपाले पनि ३ प्रतिशत थ्रेस होल्ड कटाउन सकेन । जसका कारण लिङ्देनको हैसियत स्वतन्त्र भएको छ । उनको दलले समानुपातिकतर्फ एक लाख ९६ हजार ७८२ मत अर्थात २.०६ प्रतिशत मात्र ल्याएको छ ।
जनमोर्चाको पनि यस्तैः
प्युठान १ बाट निर्वाचित भएकी दुर्गा पौडेलको दल जनमोर्चाले पनि थ्रेसहोल्ड कटाउन सकेन । जनमोर्चाले ६२ हजार १३३ मत अर्थात ०.६५ प्रतिशत ल्याएको छ । उनले कांग्रेसका डा. गोविन्दराज पोखरेललाई पराजित गरेकी हुन् । जनमोर्चा महासचिव मोहनविक्रम सिंहकी पत्नी समेत रहेकी दुर्गा संसदमा अब स्वतन्त्र सांसद्को हैसियतले जानेछिन् ।
नेमकिपाः
भक्तपुर १ बाट निर्वाचित भएका प्रेम सुवालको दल नेमकिपाले थ्रेस होल्ड कटाउन नसक्दा उनको हैसियत पनि स्वतन्त्र भएको छ । निर्वाचन आयोगले नेमकिपाको समानुपातिकतर्फको मत अन्यमा राखेको छ । खसेको एक करोड पाँच लाख ८७ हजार ५२१ मतमध्ये ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ । जसको ३ प्रतिशत दुई लाख ८६ हजार ३४३ मत ल्याउन आवश्यक हुन्छ ।
स्वतन्त्र सांसद्ले संसद् सचिवालबाट केही पनि सुविधा पाउँदैनन्ः
स्वतन्त्र हैसियत बनेका सांसदले संसद् सचिवालयबाट कुनै सेवा सुविधा पाउँदैन । न त छुट्टै कार्यालय नै पाउँछ । उनीहरूका लागि प्रतिनिधिसभाको अन्तिमतिर सिट छुट्याइएको छ । अन्य दलका सांसदले बोलिसकेपछि मात्र स्वतन्त्र सांसदले बोल्ने मौका पाउँछन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सिट जितेको र समानुपातिक तर्फ कुल खसेको मत मध्ये कुल सदर मतको तीन प्रतिशत प्राप्त गर्ने दलले राष्ट्रिय दलको मान्यता पाउने राजनीतिक दलसम्बन्धी ऐनमा उल्लेख छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












