यी हुन् दिउँसै सिंहदरबारबाट सरकारी गाडीको टायर चोर्ने चालक
काठमाडौं, ३ पुस । देशकै सबैभन्दा बढी सुरक्षित मानिएका सिंहदरबार भित्रै चोरी हुने घटना नौला होईनन् । चौबीसै घण्टा सुरक्षा घेराभित्र रहने र चारैतिर सीसीटीभी निगरानीमा रहदाँ पनि बेला बेला हुने गरेका चोरीका घटनाले सिंहदरबार चर्चामा आउँछ ।
ल्यापटप, मोबाईल, पैसा चोरी भएका घटना सिंहदरबारबाट नआएका होईनन् । तर आइतबार भने एकाएक सबैको ध्यान केन्द्रीत गर्यो । सरकारी गाडिको टायरनै चोरी भएको भन्दा प्रहरी समेत चकित परे । चोरीको खबर त सधैं सुन्दै आएका महानगरीय प्रहरी वृत्त अनामनगरका डीएसपी अपिल बोहोरा आइतबार एकाबिहानै अनौठो खबर सुनेर चकित परे ।
डीएसपी बोहोरा त्यतिबेला पो चकित परे, जब उनले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकको बा२झ २९२७ नम्बरको नयाँ टोयटा हाइलक्स गाडीका चारै टायर (डिस्कसहित) चोरी भएको जानकारी पाए । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको पार्किङस्थलबाटै गाडीको डिस्कसहित चोरी भएको थियो ।
खबर सुनेलगत्तै बोहोराले मन्त्रालयको क्षेत्र कभर गर्ने सीसीटीभी फुटेजको अध्ययन थाले । साथै उनले शनिबार सिंहदरबार छिर्ने गाडीको नम्बर सूची पनि नियाले । डीएसपी बोहोराले मध्यदिन नहुँदै सिंहदरबारभित्रको चोरीको घटनाको रहस्य पत्ता लगाइछाडे । नयाँ टायर चोरेर बेच्ने अरू कोही नभएर स्थानीय निकाय वित्तीय आयोगको कार्यालय, पुल्चोक ललितपुरमा कार्यरत गाडीचालक चन्द्रबहादुर मोक्तान थिए ।
प्रहरीका अनुसार शनिबार कार्यालय बिदाको दिनमा मोक्तान आयोगको सरकारी गाडी लिएर टायर चोर्न सिंहदरबार पसेका थिए । अनुसन्धानमा संग्लन प्रहरीका अनुसार १ घण्टाभन्दा बढी समय लगाएर उनले सबै चक्काको नट–बोल्ट खोलेर डिस्कसहित टायर निकालेका थिए । यसरी निकालिएको टायर उनले आयोगकै बा२झ १२१७ नम्बरको गाडीमा राखेर सिंहदरबारबाट बाहिरिए ।
टायर चोरी भएको गाडीका चालक कृष्णसुन्दर श्रेष्ठले शुक्रबार साँझ मन्त्रालयअगाडि गाडी पार्किङ गरी राखेका थिए । आइतबार बिहान ९ नबज्दै गाडी लिन आएका चालक कृष्णसुन्दरले चक्का नदेखेपछि कार्यालयमा खबर गरेका थिए । चोरीको खबर त्यसपछि मात्रै प्रहरीकहाँ पुगेको थियो ।
प्रहरीले सीसीटीभी फुटेजमा मोक्तानलाई टायर निकाल्दै गरेको अवस्थामा देखेको थियो । साथै उनी बिदाको दिन पनि सरकारी गाडी लिएर सिंहदरबार छिरेको पश्चिम गेटमा राखिने अभिलेखमा देखिएको थियो । शंखमूलस्थित बराही टायर सेन्टरमा पुगेपछि पो प्रहरीले पत्तो पायो, मोक्तानले टायर निकालेर बेच्न योजनाबद्ध रूपमा काम गरेका थिए । मोक्तानले सेन्टरबाटै नीलो रंगको ‘हाइड्रोलिक ज्याक’ ल्याएर टायर निकाल्न प्रयोग गरेका थिए । प्रहरीका अनुसार चोरिएका टायर र डिस्कसहितको मूल्य ६ लाख ६२ हजार रुपैयाँमा पर्छ ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











