यी हुन् दिउँसै सिंहदरबारबाट सरकारी गाडीको टायर चोर्ने चालक
काठमाडौं, ३ पुस । देशकै सबैभन्दा बढी सुरक्षित मानिएका सिंहदरबार भित्रै चोरी हुने घटना नौला होईनन् । चौबीसै घण्टा सुरक्षा घेराभित्र रहने र चारैतिर सीसीटीभी निगरानीमा रहदाँ पनि बेला बेला हुने गरेका चोरीका घटनाले सिंहदरबार चर्चामा आउँछ ।
ल्यापटप, मोबाईल, पैसा चोरी भएका घटना सिंहदरबारबाट नआएका होईनन् । तर आइतबार भने एकाएक सबैको ध्यान केन्द्रीत गर्यो । सरकारी गाडिको टायरनै चोरी भएको भन्दा प्रहरी समेत चकित परे । चोरीको खबर त सधैं सुन्दै आएका महानगरीय प्रहरी वृत्त अनामनगरका डीएसपी अपिल बोहोरा आइतबार एकाबिहानै अनौठो खबर सुनेर चकित परे ।
डीएसपी बोहोरा त्यतिबेला पो चकित परे, जब उनले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकको बा२झ २९२७ नम्बरको नयाँ टोयटा हाइलक्स गाडीका चारै टायर (डिस्कसहित) चोरी भएको जानकारी पाए । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको पार्किङस्थलबाटै गाडीको डिस्कसहित चोरी भएको थियो ।
खबर सुनेलगत्तै बोहोराले मन्त्रालयको क्षेत्र कभर गर्ने सीसीटीभी फुटेजको अध्ययन थाले । साथै उनले शनिबार सिंहदरबार छिर्ने गाडीको नम्बर सूची पनि नियाले । डीएसपी बोहोराले मध्यदिन नहुँदै सिंहदरबारभित्रको चोरीको घटनाको रहस्य पत्ता लगाइछाडे । नयाँ टायर चोरेर बेच्ने अरू कोही नभएर स्थानीय निकाय वित्तीय आयोगको कार्यालय, पुल्चोक ललितपुरमा कार्यरत गाडीचालक चन्द्रबहादुर मोक्तान थिए ।
प्रहरीका अनुसार शनिबार कार्यालय बिदाको दिनमा मोक्तान आयोगको सरकारी गाडी लिएर टायर चोर्न सिंहदरबार पसेका थिए । अनुसन्धानमा संग्लन प्रहरीका अनुसार १ घण्टाभन्दा बढी समय लगाएर उनले सबै चक्काको नट–बोल्ट खोलेर डिस्कसहित टायर निकालेका थिए । यसरी निकालिएको टायर उनले आयोगकै बा२झ १२१७ नम्बरको गाडीमा राखेर सिंहदरबारबाट बाहिरिए ।
टायर चोरी भएको गाडीका चालक कृष्णसुन्दर श्रेष्ठले शुक्रबार साँझ मन्त्रालयअगाडि गाडी पार्किङ गरी राखेका थिए । आइतबार बिहान ९ नबज्दै गाडी लिन आएका चालक कृष्णसुन्दरले चक्का नदेखेपछि कार्यालयमा खबर गरेका थिए । चोरीको खबर त्यसपछि मात्रै प्रहरीकहाँ पुगेको थियो ।
प्रहरीले सीसीटीभी फुटेजमा मोक्तानलाई टायर निकाल्दै गरेको अवस्थामा देखेको थियो । साथै उनी बिदाको दिन पनि सरकारी गाडी लिएर सिंहदरबार छिरेको पश्चिम गेटमा राखिने अभिलेखमा देखिएको थियो । शंखमूलस्थित बराही टायर सेन्टरमा पुगेपछि पो प्रहरीले पत्तो पायो, मोक्तानले टायर निकालेर बेच्न योजनाबद्ध रूपमा काम गरेका थिए । मोक्तानले सेन्टरबाटै नीलो रंगको ‘हाइड्रोलिक ज्याक’ ल्याएर टायर निकाल्न प्रयोग गरेका थिए । प्रहरीका अनुसार चोरिएका टायर र डिस्कसहितको मूल्य ६ लाख ६२ हजार रुपैयाँमा पर्छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












