समानुपातिकमा एमालेले तीन जना मात्रै पुरुष सांसद् पाउने, अन्य पार्टीको के छ अवस्था
काठमाडौं, ३ पुस । नेकपा एमालेले समानुपातितर्फ ३ जना मात्रै पुरुष सांसद् पाउने भएको छ । मंसिर १० र २१ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेबाट समानुपातिकबाट बढी ३ जना मात्रै पुरुष सांसद चुनिने भएका हुन् ।
प्रत्यक्षमा ८० सिट जितेको एमालेबाट दुईजना मात्रै माहिलाले जितेका छन् । समानुपातिकतर्फ एमालेले ४१ सीट पाउने अवस्था छ । कम्तिमा ३३ प्रतिशत महिलालाई अनिवार्य प्रतिनिधिसभामा पठाउनुपर्ने संसदीय व्यवस्था अनुसार एमालेबाट समानुपातिकबाट सांसद बन्न पाउने पुरुषकको संख्या थोरै हुन पुगेको हो ।
एमालेले जितेका जम्मा १२१ सिटको ३३ प्रतिशत ४० हुन आउँछ । प्रतिनिधि सभामा एमालेले अनिवार्य ४० जना महिला सांसद बनाउनुपर्छ । २ जनाले प्रत्यक्षमा जितेकाले ३८ जना महिला समानुपातिकबाट सांसद बन्ने छन् ।
समानुपातिकबाट एमालेले ३ जना पुरुषलाई मात्रै प्रतिनिधि सभामा पठाउने सक्ने भएको छ । प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्द सूचीको पहिलो नम्बरमा बिजय सुब्बाको नाम छ ।
दोस्रो नम्बरमा खगेन्द्र राई र तेस्रो नम्बर केशवलाल श्रेष्ठको नाम छ । उता खसआर्य समूहबाट एक नम्बरमा मुकुन्द न्यौपाने र दुई नम्बरमा सोमनाथ प्यासीको नाम छ । यीनै ५ मध्ये तीनजनाले समानुपातिकबाट सांसद बन्न पाउनेछन् ।
कांग्रेसमा भने १९ जना पुरुषले पाउनेः
दोस्रो ठुलो नेपाली कांग्रेसले २१ जना महिलालाई प्रतिनिधि सभामा पठाउनुपर्छ । कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्रै जितेको छ । तर समानुपातिक मत धेरै आएकाले त्यसका आधारमा ४० सिट पाउने सम्भावना छ । कुल ६३ जना प्रतिनिधि सभा सदस्यमध्ये १९ पुरुषलाई कांग्रेसले समानुपातिकबाट पठाउने सक्नेछ । कांग्रेसबाट एकजना महिलाले पनि प्रत्यक्षबाट जित्न सकेनन् ।
माओवादीबाट २ जना मात्रै पुरुषः
तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रबाट कम्तिमा १७ जना महिला सांसद चुनिने भएका छन् । प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सिट गरी ५३ सिट जितेको माओवादीबाट प्रत्यक्षमा दुई महिला निर्वाचित भएका छन् । यो अवस्थामा माओवादी केन्द्रले १५ जना महिलालाई समानुपातिकबाट अनिवार्य प्रतिनिधि सभामा पठाउनु पर्ने हुन्छ ।
१७ सिट समानुपातिकबाट पाउने देखिएको माओवादीका दुई पुरुषले मात्रै समानुपातिकबाट संसदमा प्रवेश पाउने अवस्था छ । माओवादीबाट हितराज पाण्डे, सुनिल मानन्धर, मणिचन्द्र थापा र सुरेश आलेमगरमध्ये दुईजना सांसद हुने सम्भावना छ ।
राजपा र फोरमबाट बढीमा १/१ पुरुष
मधेसवादी दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले ५÷५ महिला अनिवार्य प्रतिनिधि सभा पठाउनुपर्ने छ । राजपाले प्रत्यक्षतर्फ ११ सिट जितेको छ भने समानुपातिकमा ६ सिट पाउने देखिन्छ । त्यस्तै १० सिट प्रत्यक्षमा जितेको फोरमले पनि ६ सिट नै समानुपातिकबाट पाउने सम्भावना छ । राजपा र फोरमले बढीमा एक मात्रै पुरुष समानुपातिकबाट पाउने छन् । दुवै पार्टीबाट एकजना पनि महिलाले प्रत्यक्षमा जितेका छैनन् ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












