माओवादी बैंठकमा प्रचण्डलाई प्रश्न, ओलीलाई तिनवटै पद चाहिने भए के को एकता ?
काठमाडौं, ३ पुस । नेकपा माओवादी केन्द्रका नेताहरु पार्टी एकिकरणका विषयमा एमालेप्रति आशंका गरेका छन् । एमालेले अब राजनीतिक यात्रामा निर्णायक भूमिका खेल्ने बताउँदै माओवादी नेताहरुले शंका गर्ने धेरै ठाउँ रहेको बताएका हुन् ।
निर्वानबाट तेस्रो शक्तिको रुपमा अगाडि आएको माओवादी केन्द्रका नेताहरुले एमालेसँगको पार्टी एकिकरण, नयाँ सरकार गठनका विषयमा शंका गर्नुपर्ने थुप्रै ठाउँहरु रहेको बताएका हुन् । बैठकमा बोल्ने अधिकांश नेताहरुले दुई कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने भएपनि पद बाँडफाँड ‘सम्मानजनक’ हुनुपर्नेमा जोड दिए । बोल्ने अधिकांश नेताहरुले कुनै पनि हालतमा एकतापछि तीन ओटै पद केपी ओलीलाई दिन नहुने प्रचण्डलाई सुझाव दिएका थिए ।
‘नेतृत्वको विषयमा प्रष्ट हुनुपर्छ एमाले अध्यक्ष केपी ओलीले संसदीय दलको नेता, प्रधानमन्त्री र अध्यक्ष पद लिने जुन कुरा बाहिर आएको छ । त्यो कुनै पनि हालतमा स्वीकारै हुँदैन् । यसमा नेतृत्व स्पष्ट हुनु जरुरी छ’ नेताहरुको जोड थियो ।
सोमबार बसेको माओवादी कार्यालय बैठकमा नेताहरुले एमालेसँग सरकार गठन र पार्टी एकिकरणका विषय स्पष्ट भएर जानुपर्नेमा जोडदिएका हुन् । सरकार र पार्टी एकीकरण सँगै हुनुपर्ने अडानमा एमालेलाई रिझाउनेतर्फ माओवादीको जोड हुने बैठक पछि प्रवक्ता पम्फा भुसालले जानकारी दिईन् ।
सरकार निर्माण र पार्टी एकता सँगसँगै हुनुपर्ने बैठकको निष्कर्ष रहेको प्रवक्ता भुसालको भनाई छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टी एकीकरण र सरकार निर्माणलाई अलग गरेर अगाडि बढ्न नसकिने धारणा तय गरेको छ। भुसालले पत्रकारसँग भनिन्– ‘पार्टी एकता र सरकार निर्माण सँगसँगै हुनुपर्छ, दुबै विषय एकअर्कासँग सम्बन्धित भएकोले अलग गर्न मिल्दैन।’
चुनावी नतिजापछि पार्टी एकीकरणका लागि माओवादी जस्तो इच्छुक एमाले देखिएको छैन। माओवादी बैठकमा एमालेको स्पष्ट धारणा नआएकोबारे अध्यक्ष प्रचण्डलाई सोधिएको थियो। ‘चुनाव अगाडि पार्टी एकता गर्ने भनेर ६०(४० को उम्मेद्वारी भाग लगाएर अगाडि बढियो, अहिले एमालेको नतिजा राम्रो आएपछि एक्लै पनि अगाडि बढ्न सकिन्छ भन्ने एमालेको निश्कर्ष हो भने हामीलाई समयमै जवाफ चाहियो।’ प्रचण्डले बैठकमा सामना गरेको प्रश्न थियो यो।
वाम तालमेल चुनावका लागि मात्रै थियो भने त्यही अनुसार पहिले नै क्लियर गर्नुपर्ने थियो भन्दै प्रचण्डलाई सोधिएको थियो। जवाफमा प्रचण्डले अहिलेको सरकारले खडा गरेका विवादले पार्टी एकताका केही छायाँमा पारेको भन्दै त्यसमा एमाले अध्यक्ष ओलीलाई अविश्वास गरिहाल्न नहुने तर्क गरेका थिए।
उनले पार्टी एकीकरण र सरकार निर्माण सँगसँगै जानेमा विश्वस्त रहन आग्रह गरेका थिए। उनले पार्टी एकीकरणबारे एमाले नेतृत्वसँग निरन्तर संवाद भैरहेको भन्दै त्यसका लागि अध्यक्ष ओलीबाट अझ स्पष्टता खोज्ने बताएका थिए।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












