माओवादी बैंठकमा प्रचण्डलाई प्रश्न, ओलीलाई तिनवटै पद चाहिने भए के को एकता ?
काठमाडौं, ३ पुस । नेकपा माओवादी केन्द्रका नेताहरु पार्टी एकिकरणका विषयमा एमालेप्रति आशंका गरेका छन् । एमालेले अब राजनीतिक यात्रामा निर्णायक भूमिका खेल्ने बताउँदै माओवादी नेताहरुले शंका गर्ने धेरै ठाउँ रहेको बताएका हुन् ।
निर्वानबाट तेस्रो शक्तिको रुपमा अगाडि आएको माओवादी केन्द्रका नेताहरुले एमालेसँगको पार्टी एकिकरण, नयाँ सरकार गठनका विषयमा शंका गर्नुपर्ने थुप्रै ठाउँहरु रहेको बताएका हुन् । बैठकमा बोल्ने अधिकांश नेताहरुले दुई कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने भएपनि पद बाँडफाँड ‘सम्मानजनक’ हुनुपर्नेमा जोड दिए । बोल्ने अधिकांश नेताहरुले कुनै पनि हालतमा एकतापछि तीन ओटै पद केपी ओलीलाई दिन नहुने प्रचण्डलाई सुझाव दिएका थिए ।
‘नेतृत्वको विषयमा प्रष्ट हुनुपर्छ एमाले अध्यक्ष केपी ओलीले संसदीय दलको नेता, प्रधानमन्त्री र अध्यक्ष पद लिने जुन कुरा बाहिर आएको छ । त्यो कुनै पनि हालतमा स्वीकारै हुँदैन् । यसमा नेतृत्व स्पष्ट हुनु जरुरी छ’ नेताहरुको जोड थियो ।
सोमबार बसेको माओवादी कार्यालय बैठकमा नेताहरुले एमालेसँग सरकार गठन र पार्टी एकिकरणका विषय स्पष्ट भएर जानुपर्नेमा जोडदिएका हुन् । सरकार र पार्टी एकीकरण सँगै हुनुपर्ने अडानमा एमालेलाई रिझाउनेतर्फ माओवादीको जोड हुने बैठक पछि प्रवक्ता पम्फा भुसालले जानकारी दिईन् ।
सरकार निर्माण र पार्टी एकता सँगसँगै हुनुपर्ने बैठकको निष्कर्ष रहेको प्रवक्ता भुसालको भनाई छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टी एकीकरण र सरकार निर्माणलाई अलग गरेर अगाडि बढ्न नसकिने धारणा तय गरेको छ। भुसालले पत्रकारसँग भनिन्– ‘पार्टी एकता र सरकार निर्माण सँगसँगै हुनुपर्छ, दुबै विषय एकअर्कासँग सम्बन्धित भएकोले अलग गर्न मिल्दैन।’
चुनावी नतिजापछि पार्टी एकीकरणका लागि माओवादी जस्तो इच्छुक एमाले देखिएको छैन। माओवादी बैठकमा एमालेको स्पष्ट धारणा नआएकोबारे अध्यक्ष प्रचण्डलाई सोधिएको थियो। ‘चुनाव अगाडि पार्टी एकता गर्ने भनेर ६०(४० को उम्मेद्वारी भाग लगाएर अगाडि बढियो, अहिले एमालेको नतिजा राम्रो आएपछि एक्लै पनि अगाडि बढ्न सकिन्छ भन्ने एमालेको निश्कर्ष हो भने हामीलाई समयमै जवाफ चाहियो।’ प्रचण्डले बैठकमा सामना गरेको प्रश्न थियो यो।
वाम तालमेल चुनावका लागि मात्रै थियो भने त्यही अनुसार पहिले नै क्लियर गर्नुपर्ने थियो भन्दै प्रचण्डलाई सोधिएको थियो। जवाफमा प्रचण्डले अहिलेको सरकारले खडा गरेका विवादले पार्टी एकताका केही छायाँमा पारेको भन्दै त्यसमा एमाले अध्यक्ष ओलीलाई अविश्वास गरिहाल्न नहुने तर्क गरेका थिए।
उनले पार्टी एकीकरण र सरकार निर्माण सँगसँगै जानेमा विश्वस्त रहन आग्रह गरेका थिए। उनले पार्टी एकीकरणबारे एमाले नेतृत्वसँग निरन्तर संवाद भैरहेको भन्दै त्यसका लागि अध्यक्ष ओलीबाट अझ स्पष्टता खोज्ने बताएका थिए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












