लौ आयो स्तन क्यान्सर पत्ता लगाउने ब्रा !
एजेन्सी । मेक्सिकोका एक जना विद्यार्थीले स्तन (ब्रेस्ट) क्यान्सर पत्ता लगाउने ब्रा बनाएका छन् । उनले यो ब्राको नाम ‘इवा ब्रा’ राखेका छन् । १८ बर्से जुलियन रियोस सान्टुले स्तन क्यान्सर पत्ता लगाउने ब्रा बनाएका हुन् ।
उनले पहिरिने महिलालाई यो ब्राले स्तन क्यान्सरका लक्षण देखिए सतर्क गराउने दाबी गरेका छन् ।
मेक्सिकोका राष्ट्रपतिले पनि यो आविष्कारका लागि जुलियनलाई बधाई दिएका छन् । उनले तीनजना साथीसँग मिलेर यो ब्रा बनाएका हुन् । ब्राको प्रवद्र्धन गर्न तीनै जनाले एउटा कम्पनी पनि स्थापना गरेका छन् । तर यो ब्राको पूर्णतया परीक्षण भइसकेको छैन ।
तीनै जनाले ब्रा परीक्षणका लागि पर्याप्त रकम जम्मा गरिसकेका छन् । ब्रा आविष्कारका लागि उनीहरूलाई ‘ग्लोबल स्टुडेन्ट एन्टरप्रिनियर’ (युवा उद्योगपति) बाट पुरस्कृत गरिएको छ ।
क्यान्सरयुक्त ट्युमरमा रगतको प्रवाह बढ्दा छालाको तापक्रम बढ्छ । यो ब्रामा जडित बायोसेन्सरले छालाको तापक्रम नाप्छ र एउटा एपसँग सम्पर्क गर्छ । एपले गरेको विश्लेषणपछि ब्राले छालामा भएको परिवर्तनको जानकारी पहिरिने महिलालाई दिन्छ । तर यसबाट जानकारी पाउनका लागि एक सातामा यो ब्रा कम्तीमा पनि ६० देखि ८० घन्टा लगाउनु पर्छ । यसो गरेमात्र यसले सटीक जानकारी दिन्छ ।
सुरुवाती अवस्थामै भएकाले यसको पूर्ण परीक्षण भइसकेको छैन । मेडिकल साइन्सले पनि यसलाई प्रमाणित गर्न बाँकी छ । मेडिकली प्रमाणित भएपछि क्यान्सर विशेषज्ञहरूले यो ब्रा प्रयोग गर्न सिफारिस गर्नेछन् ।
बेलायती क्यान्सर अनुसन्धानकर्ता आना पेर्मनले भनिन्, ‘हामीलाई थाहा छ, अधिकांश ट्युमरमा रक्तनलीहरू अव्यवस्थित हुन्छन् । तर रक्त प्रवाह बढ्नु क्यान्सरको लक्षण नै हो भन्ने कुनै आवश्यक छैन ।’
उनका अनुसार तत्काल यो ब्राले स्तन क्यान्सरका ट्युमर पत्ता लगाउने प्रमाणित भइसकेको छैन । र, कुनै वैज्ञानिक परीक्षणबिनै यो ब्रा लगाउन महिलालाई सुझाव दिन सकिँदैन ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












