यी हुन्, एमालेबाट समानुपातिक सांसद् बन्न लागेका रामकुमारी देखि नवीना हुँदै राधा ज्ञवालीसम्म ?

काठमाडौं, ४ पुस । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० सिट जितेर पहिलो पार्टीको बनेको नेकपा (एमाले) समानुपातिकतर्फ पनि ठूलो दल बनेको छ । समानुपातिकमा एमालेले ४१ सिट जित्दै पहिलो दल बनेको हो । १ सय १० सिटमध्ये एमालेले ४१ र नेपाली कांग्रेसले ४० सिट जितेको छ ।
यससँगै प्रतिनिधिसभाको २ सय ७५ सिटमध्ये एमालेले १ सय २१ सिट पाउने भएको छ । एमालेको तर्फबाट प्रत्यक्षबाट दुई जना मात्र महिला सांसद बनेका छन् । ८० सिटमा एमालेले जम्मा दुई जना मात्र महिला सांसद् पाएपछि अब भने समानुपातिकबाट महिला कोटा पुर्याउनुपर्ने हुन्छ । ४ जनामात्र पुरुष सांसद् समानुपातिकमा सांसद् बन्न पाउने भएका छन् ।
संविधानको प्रावधानअनुसार हरेक पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फ गरेर ३३ प्रतिशत महिलालाई पठाउनुपर्ने हुन्छ । प्रत्यक्षमा एमालेले जितेको ८० सिटमध्ये दुई जनामात्रै महिला सांसद् बन्न सफल भएका छन् । १ सय २१ को ३३ प्रतिशत ४० हुन्छ । समानुपातिकका ४१ मध्ये ३७ सिटमा एमालेले महिला पठाउनुपर्ने हुन्छ ।
एमालेले समानुपातिक सूचीमा बुझाएको नाममा पुरुषहरुको नाम अग्रपंक्तिमा छ । विजय सुब्बाको नाम पहिलो नम्बरमा छ भने दोस्रोमा खगेन्द्र राईको छ । त्यस्तै केशवलाल श्रेष्ठ, अइन्द्रसुन्दर नेम्वाङ, चुडादेवसिंह लामा घिसिङ, तीलककुमार मैयाङ्बो, एकबहादुर राना, मणि लिम्बु, सोनाम ग्याल्जेन शेर्पा, झगबहादुर थापा मगरलगायतको नाम अगाडि छ । तर, यीमध्ये बढीमा २ जनामात्र सांसद् बन्न पाउनेछन् ।
महिलाहरुबाट थममाया थापा मगर, डा. शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, रामकुमारी झाँक्री, बिना श्रेष्ठ, तुलसी थापा, नवीना लामा, शान्तिमाया तामाङ, कुमारी मेचेलगायतको नाम अगाडि छ । जसअनुसार उनीहरु समानुपातिकतर्फबाट सांसद् बन्ने लगभग पक्कापक्की जस्तै छ । त्यस्तै विनादेवी बुढाथोकी मगर, रणकुमारी मगर, माइली तामाङ, मेनचुङ लामा, कमला थापा मगर, दीलकुमारी राई, तारादेवी गुरुङको नाम पनि समानुपातिकको अग्रपंक्तिमा छ ।
राधा ज्ञवाली, सीता गिरी ओली, निरु पाल, गोमा देवकोटा, बिन्दा पाण्डेलगायतको नाम भने पछाडि छ । निर्वाचन आयोगले अगाडि नाम भएकैबाट नाम छान्नुपर्ने बताएकाले त्यसअनुरुप छान्दा पछाडि नाम रहेका कसैको पनि सम्भावना नहुने देखिएको छ । एमालले समानुपातिकमा ४१ सिट पाएकाले धेरै महिलाहरु सांसद् बन्न पाउनेछन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











