भोट हालेर फर्केकाहरु भन्छन्, नेता जितेर जहाज चढ्ने, हामी भारत नआएर के गर्नु ?
नयाँदिल्ली, ४ पुस । “नेताले देखाएका सपनाले पेट नभरिने रैछ, त्यसैले परदेशमा आउनुपर्यो ।” अछामका रामबहादुर विष्टको यो गुनासो हो । नयाँदिल्लीको कनार्टप्लेसमा भेटिनुभएका उहाँ भन्नुहुन्छ, “धेरै पटक चुनाव भयो, जान पाइएन, गएको भए पनि नेता जितेर जहाज चढेर काठमाडौँ जान्थे, हामी चाँही फेरी झोला बोकेर परदेशिनु पथ्र्यो ।”
खेल्ने उमेरमै बुबाको हात समातेर कमाउन भारत आउनुभएका विष्ट उमेरको पचासौँ दशकमा पनि पहिलेकै स्थितिमा हुनुहुन्छ । काम गर्न बचपनमा भारत पसेका धेरैको बुढ्यौली पनि भारतमा काम गर्दागर्दै बित्छ । “कहिले मुम्बई, कहिले दिल्ली, कहिले राजकोट गर्दै आधा जीवन बित्यो, बाल्यकाल यही गयो, जवानी पनि आए गएको पत्तै भएन तर आफ्ना देशमा कहिले काम गरेर दुई छाक खान पुग्ने दिन आउला ।”
घरमा दुई पैसा कमाउने कोही नभएपछि छिमेकीको पछि लागेर भारत आउनुभएका बझाङका तप्त शाहीले भन्नुभयो, “मेरा बाआमाले यही काम गरेर जीवन बिताउनुभयो, अब उहाँहरु बिरामी भएर काम गर्न नसक्ने भएपछि म आएँ, खासै कमाइ हुन्न, केही बचत भए अर्को देश जान्थेँ अलि पैसा हुन्थ्यो होला ।”
स्वदेशमा आम्दानीको स्रोत नभएपछि धेरै नेपाली भारतका विभिन्न ठाउँमा कामका लागि आएका छन् । भारतीय सेनादेखि होटलका भाँडा सफा गर्ने अनि सरकारी कार्यालयका महत्वपूर्ण पदमा काम गर्ने पनि नेपाली भेटिन्छन् दिल्लीमा तर भारत पसेकाको ठूलो संख्या भने सानोतिनो काममै अल्झेका छन् ।
“कति श्रम शोषणमा पर्छन्, कतिलाई अन्याय पर्छ कति लुटिन्छन्, कुटिन्छन् त्यसको हिसाब कसैसँग छैन, अर्काको देश हो, सहनुको अर्को विकल्प हुन्न”, भन्नुहुन्छ पर्वतका विष्णु भट्टराई । कुराकानीका क्रममा भेटिनुभएका उहाँहरू नयाँदिल्लीका विभिन्न होटलमा काम गर्नुहुन्छ ।
तनहुँका जितबहादुर थापा बताउनुहुन्छ, “मैले भारतको आयुर्वेदिक औषधि उत्पादन गर्ने कम्पनी एमिलमा काम गरेको २८ वर्ष भयो । दाइले यहाँ लगाइदिनुभएको थियो, मलाई निकै राम्रो छ ।” एमिलका उपाध्यक्ष नरेश शर्मा जितबहादुर कम्पनीका एक विश्वास पात्र हुनुहुन्छ प्राय नेपालीहरु काममा इमान्दर, अनुशासित र मेहनती भएको आफूले पाएको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “जितबहादुर हाम्रा विश्वास पात्र हुनुहुन्छ उहाँको लगनशीलताले नै लामो समयसम्म पनि उहाँ सबैको प्रिय व्यक्तिरुपमा चिनिनुभएको छ ।” पहिलेजस्तो पछिल्लो समयमा भारतमा रोजगारीका लागि आउने युवाको संख्या घटेको जितबहादुरको अनुभव छ । उहाँ भन्नुहुन्छ, “आजकल भिसा लगाएर धेरै खाडी मुलुक जान्छन्, यहाँ आउने त उही पहिलेदेखि उमेर पुगेका, विदेश जान पर्याप्त पैसा नभएका व्यक्ति मात्र छन् ।”
आफ्ना सन्तानलाई भने अर्काको देशमा काम नगराउने चाहना नभएको भन्दै उहाँले १८ र १६ वर्षका छोरा र श्रीमतीलाई नेपालमै राख्नुभएको छ । जितबहादुरले काम गर्ने एमिलको नयाँदिल्ली कार्यालयमा अन्य आठजना नेपाली कार्यरत छन् ।
नयाँदिल्लीमै स्थायी घरवासको व्यवस्था गरिसक्नुभएका दाङ लमहिका दुर्गा कुमाल भन्नुहुन्छ, “देशका सबै युवा बाहिर भएपछि कसरी विकास हुन्छ, नेपालमै राम्रो रोजगारीको विकास गर्न सके त देशमै घरपरिवार छाडेर को विदेश पस्छ होला ?
कामका सिलसिलामा मुम्बई जाने शिलशिलामा दिल्लीमा आफन्त भेट्न पस्नुभएका अछामका बज्जिसिंह राउत अहिले नेपालमा बसेर घर व्यवहार चलाउन कठिन भएकाले बिदेशिनु बाध्य हुनुपरेको पिडा पोख्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “चार छोराछोरी छन्, छोरोलाई जसोतसो सिएमए पढाएँ तर जागिर मिलेको छैन, उसलाई काम गर्न भारत आउन नपरोस् भनेर दुःखले पढाएँ, छोरीको बिहे भयो, ३५ वर्ष भयो भारत आउन जान थाल्या अझै कति वर्ष यतै बित्ने हो ?”
आफ्नो देशमा साँझ बिहानको छाक टार्न समस्या भएपछि धेरै नेपाली कामका लागि भारत जाने आउने गर्छन् । कोही लामो समय उतै बसेर कहिलेकाहीँ आउँछन् भने कोही छ महिना भारत छ महिना नेपाल गर्छन् ।
देशमा स्थानीय, प्रदेश र संघको निर्वाचन भइसकेको अवस्थामा देशभित्रै विकास भई रोजगारी सिर्जना हुन सकेमा भारत र तेस्रो मुलुकमा पसिना बगाउन नपर्ने उहाँहरुको चाहना छ । रासस
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












