उत्तर कोरियासँग किन डरायो जापान ? क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्दै
टोकियो, ४ पुस । जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली आफ्नो भूमिमा जडान गर्ने भएको छ । जापानी भूमिमा जडान गर्न लागिएको यस प्रणालीले जापानमा हुनसक्ने ब्यालेस्टिक एवम् अन्य खालका क्षेप्यास्त्रहरुको आक्रमणबाट जोगाउने छ ।
उक्त निर्णय जापानको मन्त्रिपरिषदले मंगलबार गरेको जानकारी जापानको राजधानी टोकियोबाट गराइएको छ । यस्ता दुई ओटा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीसम्बन्धी यन्त्र जापानी भूमिमा जडान गर्न लागिएको बारेमा मन्त्रिपरिषदले मंगलबार निर्णय गरेको विभिन्न अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जानाकारी दिएका छन् ।
यो नयाँ निर्णयलाई उत्तर कोरियाले गर्ने गरेको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणसँग जोडेर हेरिएको छ । दुई महिनामात्र अघि पनि उत्तर कोरियाले जापानको समुद्रमा नै पर्नेगरी क्षेप्यास्त्र हानेको थियो ।
जापानी मन्त्रिपरिषदको मंगलबारको बैठकपछि सरकारी प्रवक्ताले भने, ‘उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विकास नयाँ मोडमा पुगेको र यसले आगामी दिनमा चुनौती पनि थप्न सक्ने देखिएकोले यसको प्रतिरक्षाका लागि उक्त निर्णय गरिएको हो ।
उनले उत्तर कोरियाले यसअघि पनि जापानी भूमिमा यस्तो क्षेप्यास्त्र हानेको र आगामी दिनमा फेरि यस्तो नहोला भन्न सकिने अवस्था नरहेकोले यो प्रणाली जडान गरिएको बताए । जापान सरकारको यो निर्णयका बारेमा उत्तर कोरिया या अरु कुनै पनि देशको थप प्रतिक्रिया भने आएको छैन । रासस/एएफपी
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











