माओवादीको यस्तो प्रस्तावः बादल राष्ट्रपति, प्रचण्ड पार्टी अध्यक्ष र केपी ओली प्रधानमन्त्री
काठमाडौं, ४ पुस । नेकपा माओवादी केन्द्रले नेता रामबहादुर थापा (बादल) लाई भावी राष्ट्रपति उम्मेदवारको रुपमा अघि सारेको छ । नेकपा एमालेले वर्तमान राष्ट्रपतिलाई नै निरन्तरा दिने बताईरहेका बेला माओवादीले भने बादललाई अघि सारेको हो ।
सोमबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले भावी राष्ट्रपति उम्मेदवारको रुपमा बादललाई अघि सारेको हो । त्यस्तै माओवादी बैठकले प्रधानमन्त्री र पार्टी अध्यक्षको नाम समेत प्रस्ताव गरेको छ ।
बैठकले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई र एकीकृत कम्युनिष्ट पार्टीको अध्यक्षमा प्रचण्डलाई प्रस्ताव गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । बाम गठबन्धनको दुईतिहाई बहुमत आएसँगै हाम्रो भागमा परेको राष्ट्रपति पदमा बादल कमरेडलाई पठाउने समझदारी पार्टीभित्र भएको छ,’ ती नेताले भने ।
ओलीलाई आगामी ५ वर्षका लागि प्रधानमन्त्री र प्रचण्डलाई अध्यक्ष बनाउनेमा माओवादी बैठकमा सबै एकमत देखिएका थिए । माओवादीको उक्त प्रस्तावमा एमाले सकारात्मक देखिएमा बादल, प्रचण्ड र ओलीले तीन वटै पद पाउनेछन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












