वाम गठबन्धनलाई प्रकाशमानको झटारो, ‘बिहे नगरी बच्चा जन्माउन सकिन्छ ?’
काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार गठनका विषयमा वाम गठबन्धनलाई झटारो हानेका छन् । देउवा सरकार सत्ता लम्ब्याउन लागिपरेको बताउँदै आएको वाम गठबन्धनलाई नेता सिंहले झटारो हानेका हुन् ।
काठमाडौं क्षेत्र नम्बर १ मा बुधबार आयोजित कार्यक्रममा नेता सिंहले संघीय संसदविना वाम गठबन्धनले सरकार बनाउँछु भन्नु बिहे नगरी बच्चा जन्माउछु भनेजस्तै भएको टिप्पणी गरेका हुन् । कांग्रेस सरकारमा रहिरहन नचाहेको भन्दै उनले कानुनी प्रक्रिया पुर्याएर सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताए ।
नेता सिंहले प्रदेश र प्रतिनिधिसभा चुनाव अगाडि नै सरकारले पेश गरेको अध्यादेश प्रमाणिकरण गरेर राष्ट्रपतिले राजनीतिक निकासको वातावरण बनाइदिनुपर्नेमा जोड दिए । ‘सत्तामा जाने दलहरूले कांग्रेसलाई सत्ताको चार्ज लगाएका छन् । यो सबै गलत हो,’ उनले भने, ‘राष्ट्रिय सभाको अध्यादेश निर्वाचन अगाडि लगेको हो । त्यसलाई राष्ट्रपतिले जारी गर्नेवित्तिकै एउटा निकास निस्कन्छ ।’
कम्युनिष्ट पार्टीहरूले भएका कुरालाई पनि ढाकछोप गरेको भन्दै कांग्रेस नेता सिंहले भने, ‘विवाह नगरी बच्चा जन्मिन्छ भन्नुजस्तै हो संसदविनै एमालेले सरकार बनाउँछु भन्नु । संघीय संसद नआइकन सरकार गठन हुन सक्छ ? सक्दैन ।’
सरकारमा विनाविभागीय मन्त्री बनेर बसेको माओवादीले नै कांग्रेसलाई नैतिकताको पाठ पढाएको भन्दै सिंहले आश्चर्य व्यक्त गरे । ‘सरकारमा विनाविभागीय मन्त्री छन् । चुनावमा जित्न पाएपछि नैतिकता र जिम्मेवारी नै भुल्छन् । त्यस्ता दलले कांग्रेसलाई नैतिकता सिकाउँछन्,’ उनले भने, ‘कांग्रेस सत्तामा बसिरहन चाहेको छैन ।’
सत्ताको नेतृत्व गर्नेहरूले राजनीतिक र संवैधानिक संस्कारलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘आफै अवरोध गर्ने । अनि कांग्रेसलाई दोष दिने ?’ नेता सिंहले भने, ‘नेताहरूमा घमण्ड पलाउनु हुँदैन ।’
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












