प्रदेश २ मा बन्ने मधेश सरकारको पहिलो बैठकबाटै मधेशी सहिदलाई ५० लाख !
काठमाडौं, ५ पुस । प्रदेश २ मा बन्ने सरकारको पहिलो क्याबिनेट बैठकबाटै मधेश आन्दोलनका सहिद परिवारलाई ५० लाख दिने दाबी गरिएको छ । दुई नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालको बन्ने मधेश सरकारको पहिलो क्याबिनेट बैठकले मधेश आन्दोलनका सहिद परिवारलाई ५० लाख दिने दाबी गरिएको हुन् ।
राजपा र फोरम दुबै दलका विधायकहरुले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले घोषणा गरे बमोजिम मधेश आन्दोलनका सहिद परिवारलाई ५० लाखका दरले रकम दिइने दाबी गरेका हुन् । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष एवं दुई नम्बर प्रदेशका मुख्य मन्त्रीका दाबेदारका लालबाबु राउतले भने, ‘मधेश–थरुहट आन्दोलनका शहीदलाई पैसाले तौल्नु हुँदैन । हामी पैसामात्र होइन अन्य धेरै सम्मान गर्छौं ।’
यता राजपाका सचिव एवं दुई नम्बर प्रदेशका विधायक उपेन्द्र महतोले मधेश सरकार बनेको खण्डमा पहिलो क्याविनेट बैठकबाटै शहीद परिवारलाई ५० लाख दिने निर्णय आउने बताए । उनले भने, ‘हाम्रो सरकार बने पहिलो क्याविनेट बैठकबाटै मधेश आन्दोलनका शहीदहरुको सम्मान हुन्छ। सबै शहीद परिवारलाई ५० लाख दिइनेछ ।’
राजपाबाट महतो पनि मुख्य मन्त्रीका दाबेदार मानिएका छन्। यता राजपाका अर्का सचिव सुरेश मण्डलले पनि मधेश आन्दोलनका शहीदहरुलाई मधेश सरकार बन्ने बित्तिकै ५० लाख दिइने बताए । शहीद परिवारलाई दिइने पैसा कहाँबाट आउँछ भन्ने प्रश्नमा मण्डलले भने, ‘मधेश सरकारसँग किन पैसा हुँदैन ? शहीद परिवारलाई दिन मधेश सरकारसँग त्यति पनि पैसा हुँदैन र ?’ तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले २०७२ भदौ २ गते प्रेस विज्ञप्ति जारी गर्दै तेस्रो मधेश आन्दोलनमा मारिनेहरुलाई ५० लाख दिने घोषणा गरेको थियो ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











