केपी ओली नै प्रधानमन्त्री बन्ने पक्का, एमालेबाट यी अनुहार मन्त्रीका लागि ‘कन्फर्म’
काठमाडौं, ५ पुस । वाम गठबन्धन सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली गर्ने भएका छन् । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा वहुमत पाएको वाम गठबनधन सरकारको नेतृत्व ओलीले गर्ने भएका हुन् । यस विषयमा एमाले माओवादी केन्द्रका शीर्ष नेताहरुबीच मोटामोटी सहमति भईसकेको छ ।
नयाँ सरकार गठन र पार्टी एकिकरणका विषयमा दुई पार्टीमा विवाद भईरहेको भनिएका बेला पार्टी अध्यक्ष र प्रधानमन्त्री को को हुने भन्ने टुंगो लागेको हो । गठबन्धनमा एमालेले प्रत्यक्षतर्फ ८० सिट जितेको छ भने समानुपातिक तर्फ ४१ सिट जितेको छ । यस हिसाले पनि सरकारको नेतृत्व एमालेले गर्नेछ । भने पार्टी अध्यक्ष भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हुनेछन् ।
यो विषयमा एमाले र माओवादीका शीष नेताहरुबीच मोटामोटी सहमति भईसकेपनि अन्य नेताहरुले सहमति जनाईसकेका छैनन् । ओलीले सरकारले नेतृत्व गर्ने भएपछि एमालेमा मन्त्रीका आकांक्षी पनि धेरै देखिएका छन् । मन्त्रीका आकांक्षी धेरै भएपछि व्यवस्थापन गर्न नेतृत्वलाई हम्मेहम्मे पर्ने भएको छ । एमालेमा मन्त्रीका लागि यतिबेला पुराना र नयाँ अनुहारबीच प्रतिस्पर्धा नै चलेको छ ।
उपप्रधानमन्त्री भीम रावल या ईश्वर पोखरेलः
अध्यक्ष ओली प्रधानमन्त्री बन्ने भएपछि दुईमध्ये एक उपप्रधानमन्त्री एमाले र एक माओवादीको भागमा पर्ने देखिन्छ । महत्वपूर्ण मन्त्रालयसहित उपप्रधानमन्त्रीमा उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलले आँखा लगाएका छन् । रावल पटकपटक मन्त्री बने पनि पोखरेल ०६४ र ०७० को दुवै संविधानसभा निर्वाचनमा लगातार पराजित भएका कारण मन्त्री बन्ने अवसरबाट चुकेका थिए ।
दुवै नेता ओलीलाई अप्ठेरोमा साथ दिनेमा पर्छन् । पोखरेलकै सहयोगमा ओली एमालेको अध्यक्ष बन्न सफल भएका हुन् । माधव नेपाल समूहबाट उपाध्यक्षमा निर्वाचित रावल नाकाबन्दीका बेला ओली सरकारमा रक्षामन्त्री थिए । माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमसहित अधिकांश नेता ओलीको विरोधमा देखिँदा रावल बलियोसँग ओलीका पक्षमा उभिएका थिए ।
त्यतिखेरको गुन तिर्न पनि ओलीमाथि रावललाई मन्त्री बनाउनुपर्ने दबाब छ । दुईमध्ये एक उपप्रधानमन्त्री बन्ने भने पक्का छ । तर, दुवै नेताबीच सन्तुलन मिलाउन कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने र समान ‘पोटफोलियो’ मा सरकारमा सहभागी गराउन पनि ओलीलाई निकटस्थहरुको सुझाव छ ।
मन्त्रीको लविङमा अन्य को–को छन् ?
मन्त्रीका लागि एमालेमा उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालबीच पनि प्रतिस्पर्धा छ । पौडेल यसअघि पटकपटक मन्त्री भइसकेका छन् । भुसाल अघिल्लो निर्वाचनमा पराजित भएकाले मन्त्री बन्ने ढोका उनका लागि बन्द भएको थियो । भुसाल र पौडेल दुवै रुपन्देहीबाट निर्वाचित सांसद हुन् । एकै जिल्लाबाट जितेका कारण एकजना मन्त्री बन्दा अर्को पाखा लाग्ने करिब निश्चितजस्तै छ ।
गत महाधिवेशनमा पौडेल ओली र भुसाल माधव नेपाल समूहबाट उपमहासचिव निर्वाचित भएका हुन् । यस्तै अर्थमन्त्रीमा सुरेन्द्र पाण्डेको दाबी छ । पाण्डेसँग झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थमन्त्रालय चलाइकेको अनुभव छ । उनी सफल अर्थमन्त्रीका रुपमा चिनिन्छिन् ।
यस्तै दुईपटकसम्म लगातार काठमाडौंबाट पराजित भएर गृहजिल्ला ताप्लेजुङबाट तेश्रो प्रयासमा निर्वाचित सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराई मन्त्रीका प्रबल दाबेदार हुन् । पूर्वाञ्चलबाट उनको नाम मन्त्री हुनेमा पहिलो नम्बरमा छ । अध्यक्ष ओलीका प्रिय पात्र शेरधन राई प्रदेश–१ को मुख्यमन्त्री बन्ने भएपछि योगेशका लागि बाटो खुला भएको हो ।
युवा नेता रवीन्द्र अधिकारी पनि यसपटक मन्त्री बन्ने सम्भावना बढी भएका नेता हुन् । संसदको विकास समिति सभापति हुँदा लोकप्रिय काम गरेका कारण पार्टीभित्र र बाहिरसमेत उनको छवि राम्रो छ । विराटनगरबाट चुनाव जितेका भानुभक्त ढकालको पनि मन्त्रीमा दाबी छ । त्यस्तै काँग्रेस नेता शेखर कोइरालालाई मोरङबाट हराउन सफल लालबाबु पण्डित पनि मन्त्रीका बलियो दाबेदार हुन् । उनलाई अब बन्ने सरकारले छुटाउँनै नहुने व्यापक दबाव छ ।
गुल्मीबाट निर्वाचित प्रदीप ज्ञवाली र गोकर्ण विष्ट दुवैको मन्त्रीमा दाबी छ । एकै जिल्लाबाट दुई नेताको दाबी हुँदा दुईमध्ये एकजनाको मात्र सम्भावना छ । यस्तै चितवनबाट कृष्णभक्त पोखरेल मन्त्रीका दाबेदार छन् । यसअघि पनि सांसद रहेका पोखरेल कानुनमा राम्रो दख्खल राख्छन् । काठमाडौंबाट कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धर र जीवनराम श्रेष्ठको दाबी छ ।
काठमाडौंमा राम्रो नतिजा ल्याएको हुनाले मन्त्री पाउनुपर्ने दाबी दुवैको छ । पूर्वडिआईजी नवराज सिलवाललाई ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउँदै केपी ओलीको मन्त्री घोषणा गरेका थिए । काँग्रेसका प्रभावशाली युवा नेता उदयशमशेर राणालाई पराजित गरेका सिलवाल पनि मन्त्रीका दाबेदार छन् ।
दलितबाट पोलिट्ब्युरो सदस्य छविलाल विश्वकर्माको मन्त्री बन्ने सम्भावना बढी छ । महिलातर्फ देउवा सरकारका उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई स्याङजाबाट पराजित गरेकी पदमा अर्याल र केपी ओलीको गृहजिल्ला झापाबाट निर्वाचित पवित्रा निरौलाको चर्चा छ । दुईमध्ये एक मन्त्री बन्ने करिब निश्चितजस्तै छ ।
मधेसबाट रघुवीर महासेठ मन्त्री बन्ने करिब पक्काजस्तै छ । यस्तै जनजातिबाट ओलढुंगाका यज्ञराज सुनुवार, दोलखाका पर्वत गुरुङ, हेबिवेट भनेर प्रचारिक राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गरेका सिन्धुपाल्चोकका शेरबहादुर तामाङ, पाल्पाका दलबहादुर राना र डोटीका प्रेम आले मन्त्रीका लागि तीव्र लविङमा छन् । सात नम्बर प्रदेशबाट भीम रावल मन्त्री नभए आलेको करिब पक्काजस्तै छ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











