माओवादी केन्द्रले पाउने सबै समानुपातिकमा महिला, पुरुष नेता नपरेपछि पार्टीभित्र खैलाबैला
काठमाडौं, ६ पुस । प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रलाई समानुपातिक तर्फ सबै महिलालाई मात्र सांसद् बनाउनुपर्ने भएको छ । अनिर्वाय रुपमा ३३ प्रतिशत महिला संसद्मा अनिर्वाय गराउनुपर्ने कानूनी बाध्यताका कारण माओवादीले १५ महिला समानुपातिकबाट पुर्याउनुपर्ने छ । यस्तो अवस्थामा समानुपातिक तर्फ माओवादीले पाएको १५ सीटमा पुरुष पर्ने सम्भावना अत्यन्तै न्यून छ । अहिले प्रतिनिधिसभातर्फ समानुपातिकको सिट संख्या सार्वजनिक भएसँगै माओवादीमा खैलाबैला मच्चिएको छ ।
अनिवार्य रुपमा ३३ प्रतिशत महिला सहभागीता हुनुपर्ने भएका कारण समानुपातिकमा पुरुषलाई स्थान छैन । माओवादीले प्रत्यक्षबाट ३६ सिट जितेको छ भने समानुपातिकमा १५ सिट पाउनेछ । यस्तोमा १८ महिला हुनु आवश्यक छ । तर, प्रत्यक्षमा ३ महिलामात्र निर्वाचित भएका छन् । अब १८ पुर्याउन समानुपातिकबाट १५ महिला छान्नुपर्ने हुन्छ । यस्तोमा समानुपातिकमा रहेका पुरुष ‘हेभिवेट’ नेता यतिबेला संसद बन्न लबिङमा छन् । तर, जसले जति लबिङ गरेपनि दुईको नाममा कुनै विवाद छैन ।
माओवादीको समानुपातिक सूचीमा धेरैको नाम भए पनि यसपटक निर्वाचन आयोगको नियमावलीअनुसार रोलक्रमका आधारमा समानुपातिक उम्मेदवार चुनिनेछन् । यसो भएमा दुई पुरुषमा माओवादी नेता हितराज पाण्डे र मणी थापा रोलक्रममा सबैभन्दा अगाडि छन् । दुई सिटमा उनीहरु नै सांसद बनेर जाने पक्कापक्की भएको छ।
समानुपातिकबाट दुई पुरुष मात्र सांसद बन्ने भएपछि सबैभन्दा धेरै पीडा पार्टी एकीकरणमार्फत माओवादीमा मिसिएर समानुपातिक सूचीमा रहेका दुई नेतालाई परेको छ । जनजागरण पार्टीका लोकमणी ढकाल र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह चुनाव अघि माओवादीसँग एकता गरेर समानुपातिक सूचीमा रहेका थिए । यी दुवै एकअघि आ–आफ्नो पार्टीबाट सांसद थिए । तर, अब रोलक्रमका आधारमा पुरुषतर्फ तेस्रो र चौथो नम्बरमा रहेका उनीहरुलाई सांसद बन्न मुस्किल छ ।
अर्कोतर्फ हितराज र मणीलाई छाडेर यी दुई सांसद बन्न सक्ने अवस्था पनि छैन । एमालेसँग पार्टी एकता भएपछि अब उनीहरुलाई पार्टी अध्यक्ष प्रचण्डले कसरी समायोजना गर्छन् भन्ने धेरैमा छ । त्यसो त पार्टी एकताप्रति असन्तुष्ट एक पक्षले उनीहरुलाई यतिबेला उक्साइरहेको छ । माओवादीका आएर ‘हाता लाग्यो शुन्य’ को अवस्था सिर्जना भएको भन्दै सो पक्षले अब एमाले–माओवादी एकतापछि झन् अस्तित्व नै नरहने डर देखाउँदै छ । तर, ढकाल र सिंह पर्ख र हेरको स्थितिमा छन् ।
त्यस्तै समानुपातिक सूचीको रोलक्रममा पुरुषतर्फ पाचौँ, छैठौँ र सातौँ नम्बरमा रहेका प्रचण्डका आफन्तसमेत रहेका नारायण दाहाल, कुमार पौडेल र चुडामणी खड्का समेत पीडित हुने भएका छन् । त्यस्तै समानुपातिकमा रहेर चर्चा कमाएका माओवादी नेता ल्ह्यारक्यार लामाको सांसद पदसमेत धरापमा परेको छ । लामासँगै समानुपातिकमा परेपछि धेरैको आशा जागेको थियो ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












