३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा केशव स्थापितको दावी, ‘पाँच वर्षमा चमत्कार गरेर देखाउँछु’
काठमाडौं, ६ पुस । काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा काठमाडौं ६ बाट प्रदेशसभामा निर्वाचित सांसद केशव स्थापितले ३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा दावी गरेका छन् । ३ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नाम आइरहेका बेला स्थापितले आफू मुख्यमन्त्री बन्ने दावी गरेका हुन् । उनले आफू पार्टी निर्णय वा संसदीय दलको चुनाव दुवै प्रक्रियाबाट मुख्यमन्त्रीको दाबेदार बन्ने बताएका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका शीर्षस्थ नेताहरुसँग भेट गरेपछि स्थापितले मुख्यमन्त्रीमा आफ्नो दावी रहेको सार्वजनिक गरेका हुन् । बुधवार साँझ पत्रकारहरुसँग कुरा गर्दै एमाले नेता स्थापितले भने, ‘पार्टीमा मभन्दा सिनियर नेताहरु पनि यो प्रदेशबाट निर्वाचित हुनुभएको छ । तर केपी ओलीका देश विकासको स्पिरिटसँग मेरा योजनाहरु मिल्छन् । काम गरेर देखाउने चुनौति मोल्छु भनेरै म प्रतिनिधिसभाको उम्मेदवार नबनी प्रदेशमा आएको हुँ । मलाई आशा छ पार्टीले मलाई यो प्रदेश बनाउने जिम्मेवारी दिनेछ ।’
स्थापितले आफूले राजधानीको मेयर हुँदा गरेका केही कामको उदाहरण दिँदै ५ वर्षभित्र ३ नम्बर प्रदेशको पूर्वाधार विकासमा चमत्कार गर्ने बताए । भावी प्रधानमन्त्री ओली र आफ्नो स्पिरिट मिल्ने र ओलीका योजना कार्यन्वयनका लागि आफू मुख्यमन्त्री हुनुपर्ने स्थापितको दावी छ ।
स्थापितले आफूलाई मुख्यमन्त्री बन्न माओवादी अध्यक्ष प्रचण्डको पनि सदभाव रहेको बताए । उनले भने, ‘म र प्रचण्ड कमरेड त मितमित नै हौं । देशको राजधानी रहेको यो प्रदेशलाई कसरी अन्तर्राष्ट्रिय मापदण्डको विकासमा लैजाने भन्ने भिजन लिखित रुपमा मैले शीर्ष नेतृत्वलाई दिँदैछु ।’
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











