महिलालाई बेचेर भारतको बेश्यालयमा पुर्याउने कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष पक्राउ
नुवाकोट, ६ पुस । मानव बेचबिखनको आरोपमा एक वडाअध्यक्ष पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मानव बेचबिखनको आरोपमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुनबहादुर तामाङलाई पक्राउ गरेको हो । कांग्रेसका नेता समेत रहेको तामाङ नुवाकोटको सबैभन्दा बढी चेलिबेटी बेचबिखन हुने भनेर चर्चित गाउँ घ्याङफेदिका हुन ।
नेपाली कांग्रेसबाट वडाअध्यक्षको उम्मेदवार बनेका तामाङ प्रहरीको निगरानीमा रहेका थिए । सिआइबीले वडाअध्यक्ष तामाङलाई उनकै कार्यकक्ष घ्याम्फेदीबाट पक्राउ गरेको हो । मानवबेचबिखनको आरोपमा जिल्ला अदालत नुवाकोटमा मुद्दा चलिरहेका बेला तामाङ गएको वैशाखमा भएको स्थानीय तहको चुनावमा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दा विचाराधीन छ । भारतको वेश्यालयबाट फर्केका महिलाले दर्ता गराएको मुद्दामा पाँच लाख धरौटी राखी तामाङ एक वर्ष अघि रिहा भएका थिए ।
घ्याङ्फेदिबाट बिक्रि भएका चार सय चेलीहरुसँग उनको नाम जोडिएको छ । सुनबहादुरविरूद्ध ११ जनाले प्रहरीमा जाहेरी नै दिएका छन । सुनबहादुरका छोरा यही मुद्दामा कारागारमा छन । स्थानीयका अनुसार उनका दुर्इ श्रीमतीसमेत भारतमै छन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











