स्पेनमा भएको मध्यावधिक चुनावमा स्वतन्त्र क्याटालोनिया पक्षधर पार्टीलाई बहुमत
काठमाडौं, ७ पुस । क्याटालोनियामा भएको मध्यावधिक चुनावमा स्पेनबाट स्वतन्त्र हुने पक्षमा रहेका पार्टीले बहुमत सिट जितेका छन् । स्पेनको स्वायत्त राज्य क्याटालोनियाको संसदका लागि भएको मध्यावधिक चुनावमा स्पेनबाट अलग हुने पक्षमा रहेका पार्टीहरुको गठबन्धनले एक सय ३५ सिटको संसदमा ७० सिट जितेका छन् ।
द प्रो–इनडिपेनडेन्स पार्टिज टुग्यादर फर क्याटालोनिया (जेएक्सक्याट), रिपब्लिकन लेफ्ट अफ क्याटालोनिया (इआरसी) र पपुर युनिटी (सियुपी) ले गरी ७० सिटी जितेका हुन्, यो संसदमा स्पष्ट बहुमत हो । एकै पार्टीमा धेरै सिटी जित्ने दल भने स्वायत्त राज्यको रुपमा क्याटालोनिया स्पेनमै रहनु पर्ने पक्षमा रहेको सिटिजन्स पार्टी रहेको छ । सिटिजन्स पार्टीले ३७ सिट जितेको छ ।
यसले गर्दा क्याटालोनियामा सरकार बनाउनका लागि पहिलो प्राथमिकता सिटिजन्स पार्टीले नै पाउने छ, यदी उसले अरु पार्टीसँग गठबन्धन बनाउन सक्यो भने । तर क्याटालोनियाको स्वतन्त्रताको पक्षमा रहेका पार्टीले गठबन्धन बनाएकोले सरकार उनीहरुले नै बनाउने सम्भावना छ । गएको अक्टोबरमा भएको जनमतसंग्रहमा क्याटालोनियाको स्वतन्त्रताको पक्षमा मतदान भएको थियो ।
यो जनमतसंग्रहलाई स्पेनको केन्द्र सरकार तथा संवैधानिक अदालतले अवैध घोषणा गरेको थियो । त्यसपछि चुलिएको विवादपछि मड्रिड केन्द्र सरकारले क्याटालोनियाको सरकार भंग गर्दै शासन आफ्नो हातमा लिएर मध्यावधिक चुनावको घोषणा गरेको थियो ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












