वीरगञ्ज मेडिकल कलेजबाट तीन दिनकी सुत्केरी नै गायब, खोजविनका लागी प्रहरीमा उजुरी
वीरगञ्ज, ७ पुस । अस्पत्तालबाट नवजात शिशु हराएको घटना पटक पटक बाहिरिने गरेका छन् । तर यो पटक भने वीरगञ्ज नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट एक सुत्केरी आमा नै गायब भएकी छन् ।
सर्लाही कविलास नगरपालिका वडा नम्बर २ पिपरियाका कृष्णदेव नन्दन मण्डलकी पत्नी ललिता देवी अस्पत्तालबाटै गायब भएकी हुन् । ललिता बुधवार राति ११ बजेदेखि बेपत्ता भएपछि पर्सा प्रहरीमा वेपत्ता सुत्केरीका पति मण्डलले उजुरी दिएका छन् ।
ललिता पुस २ गते बिहान ८ बजे प्रसुतीको लागि मेडिकल कलेजमा भर्ना भएकी थिइन्। ललिताले नर्मल डिलिभरीबाट बच्चा जन्माउन नसकेपछि चिकित्सकले सिजेरियन अप्रेशन गरी पेटबाट बच्चा निकालेका थिए।
छोरी जन्माएकी ललिता पोस्ट अप्रेशन वार्डमा थिइन्। बच्चा एक दिन सघन उपचार कक्षमा राखियो। तर बुधबार बच्चालाई एनआईसियुबाट निकालेर आमासँगै जनरल वार्डमा सारिएको थियो। बुधबार राति ८ बजे बच्चालाई ललिताले दुध पनि खुवाइन्। तर ११ बजे बच्चालाई पुनः दुध खुवाउन खोज्दा ललिता बेडमा नरहेको ललिताकी सासु तेतरी देवीले बताइन्।
पोस्ट अप्रेशन कक्षमा बिरामी र बच्चा मात्रै थिए। कुरुवाहरु बाहिर कुरिरहेको अवस्थामा राति ललिता गायब भएपछि उनी बेपत्ता भएको खबर परिवारसहित अस्पताल प्रशासन समक्ष पुगेको थियो। घटनामा अस्पतालका नर्स र सुरक्षागार्डको लापारबाही भएको बेपत्ता सुत्केरी ललिताका पति कृष्णदेवको आरोप छ।
प्रहरीमा उजुरी परेपछि बेपत्ता सुत्केरीको खोजविन तीव्र पारिएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए । नवजात शिशुको सुत्केरी आमा गायब भएपछि शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने सक्ने सम्भावना रहेको चिकित्सकको भनाइ छ। अस्पत्तालबाट सुत्केरी नै गायब भएपछि अन्य महिला समेत डराएका छन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











