कांग्रेसको नेतृत्व फेरी कोइराला परिवारमा जाने संकेत, शेखरले गरे सभापतिको दाबी
काठमाडौं, ७ पुस । चुनावमा पार्टीले नराम्रोसँग पराजय भोगेको नेपाल कांग्रेसभित्र नेतृत्व परिवर्तनको चर्को बहस सुरु भएको छ । प्रदेश र प्रतिनिधिसभा चुनावमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि नेतृत्व परिवर्तनको कुरा जोडतोडले उठेको हो । नेतृत्व परिवर्तन गर्ने पक्षमा चुनाव जितेर आएका युवा तथा चर्चित नेताहरु रहेका छन् ।
नेपाली कांग्रेसभित्र यतिबेला गगन थापा, धनराज गुरुङ, डा. शेखर कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरु नेतृत्व परिवर्तनको पक्षमा छन् । चुनाव जितेलगत्तै चर्चित युवा नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा दिएर अबको नेृतत्व युवाको हातमा सुम्पिनुपर्ने बताएका थिए । पार्टी सभापतिले राजीनामा नदिए हस्तक्षेप गरेर अगाडि बढ्ने बताएका थिए ।
त्यस्तै नेतृत्व कोइराला परिवारभन्दा अरुले चलाउन नसक्ने दाबी गर्दै आएका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि देउवाले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा एमाले उम्मेदवार लालबाबु पण्डितसँग पराजित भएका शेखरले आफू पार्टीको केन्द्रीय सभापतिको आकांक्षी भएको घोषणा गरेका छन्।
कोइराला निवासमा शुक्रबार बिहान नेपाल प्रेस युनियनसमर्थक सञ्चारकर्मीसित केन्द्रीय सदस्य कोइरालाले आफू केन्द्रीय सभापति हुन इच्छुक रहेको बताएका हुन्। ‘राजनीतिमा लाग्ने कसलाई इच्छा हुँदैन र ?’, पत्रकारसित कोइरालाले भने, ‘पार्टीको सभापति हुने इच्छा मलाई छ ।’
शेखरको भनाइ थियो, ‘तर यसका लागि विधि र प्रक्रिया पुग्नुपर्छ। पहिले त तुरुन्त केन्द्रीय समितिको बैठक बस्नुपर्यो। केन्द्रीय समितिको बैठकले महासमितिको बैठकको निधो गर्छ। महासमितिमा पार्टीको ‘अर्ली महाधिवेशन’ गर्ने निर्णय गरेर त्यही महाधिवेशनमा नेतृत्वको चयन गर्नुपर्छ।’
केन्द्रीय समितिको बैठक एक हप्ताभित्र नबोलाए यसका लागि हस्ताक्षर सङ्कलन गरिने चेतावनी डाक्टर शेखरले दिए। उनले भने, ‘केन्द्रीय समितिको बैठक बोलाउन किन ढिला गरिएको हो मैले बुझेको छैन। तुरुन्त बोलाउनु पर्छ भत्रे हाम्रो माग छ ।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











