चुनावमा हारेर सर्वोच्च पुगेका प्रदीप, दिपक र रामसिंहको रिटमा कारण देखाउ आदेश
काठमाडौं, ७ पुुस । चुनावमा पराजित भएपछि सर्वोच्च अदालत पुगेकाहरुको रिटमा कारण देखाउ आदेश जारी भएको छ । संखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका दिपक खड्का र तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा (क) का कांग्रेस उम्मेदवार प्रदीप पौडेलले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो ।
खड्काको रिटमा कारण देखाउ आदेश जारी गर्दै १४ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । त्यस्तै पुन मतदान गर्नुपर्ने माग गर्दै पौडेलले दायर गरेको रिटमा सर्वोच्च अदालतले छलफलका लागि १९ गते दुबै पक्षलाई बोलाएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चालेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको हो । पौडेल वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालासँग ५ मत अन्तरले पराजित भएका थिए । तर, ४२ मत फर्जी भेटिएको भन्दै पौडेलले पुनः मतदान हुनुपर्ने माग गरेका थिए ।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमसँग पराजित भएपछि खड्का उक्त मतपरिणाम उल्ट्याउन माग गर्दै सर्वोच्च पुगेका थिए । एमालेका गौतमले ३२ हजार ७ सय ६९ र कांग्रेसका खड्काले ३१ हजार ६ सय ३९ मत ल्याएका थिए। खड्का ११ सय ३३ मतले पराजित भएका हुन्। खड्काले पुस ५ मा रिट दायर गरेका हुन्।
यसैगरी, धनुषा ३ का वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवको रिटमा कारण देखाउ आदेश जारी गर्दै १९ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । मौन समय र निर्वाचनको दिन वाम गठबन्धनले राजपा उम्मेदवार राजेन्द्र महतोलाई समर्थन गरेको भन्ने हल्ला चलाएकाले निर्वाचन परीणाम बदर गर्नुपर्ने उनको माग छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












